चापाकोटमा सांकेतिक भाषा कक्षा

चापाकोटमा  सांकेतिक भाषा कक्षा
सुन्नुहोस्

स्याङ्जा : जिल्लाको चापाकोटमा सांकेतिक भाषा कक्षा सुरु गरिएको छ। बहिरा संघ स्याङ्जाको आयोजना तथा चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा कक्षा सुरु भएको हो। 

दुई महिने सो भाषा तालिमको उद्घाटन गर्दै नगर प्रमुख देवबहादुर खाँण (ईश्वर) ले सबै नागरिकले बुझ्न र बुझाउन सकियोस् भन्ने उद्देश्यले यस्ता तालिम सुरु गरेको बताए। 

फरक क्षमता बहिरा वर्गका नागरिकका लागि यस्ता सांकेतिक भाषा तालिम अत्यावश्यक भएकाले पालिकाले प्राथामिकता दिएको बताए।

‘पहिला भाषा बुझेपछि मात्र सेवा र सुबिधा पाउन सहज बन्छ। स्थानीय सरकार यसप्रति सचेत बन्नैपर्छ।’ उनले भने, ‘तालिमपछि बहिरा वर्गको सांकेतिक भाषिक समस्या न्यूनीकरण हुनेछ।’

उपप्रमुख ईशा राना, वडा अध्यक्ष कृष्ण सुवेदी, महिला नेतृ दिलु थापा, सिआइएल पोखराका अध्यक्ष हेम गुरुङ, बहिरा संघ स्याङ्जाका अध्यक्ष सरिता थापा, सचिव सरिता थापा लगायतले भाषा बुझाई र सुनाईमा समस्या हुँदा आफ्ना विषयगत कुरा राख्न पनि निकै कठिनाई भोग्दै आएको जनाए।   

भुवन भण्डारीले सहजीकरण गरेको सो तालिममा ३० जनाको सहभागी छन्। सांकेतिक भाषा सहजकर्ताको अभावमा धेरै समस्या भोग्नु परेको बहिरा संघ स्याङ्जाका अध्यक्ष सुनिता थापाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.