मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने

मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने
सुन्नुहोस्

काठमाडौं : मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ।

आइतबार काठमाडौंको शान्तिबाटीका भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरुका विषयमा जानकारी गराएका छन्। 

मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुनः वार्तामा बस्ने जनाएका छन्। वार्ताका लागि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली शान्तिबाटीका पुगेको थियो। 

गृहका प्रवक्ता बस्नेतले पहिलो दिन परिचयात्मक कार्यक्रम भएको र पीडितहरुको माग सहितको पत्र प्राप्त भएको जानकारी दिए। उनले सरकारको तर्फबाट ५ जनाको टोली बनेको र पीडितको वार्ता टोली १९ जनाबाट घटाउन आग्रह गरेको बताए। 

सोमबार पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति भएको उनको भनाइ छ। त्यस्तै पीडितको तर्फबाट अवदेश कुशवाहाले सरकारले आफ्नो मागलाई गम्भीरता पूर्वक सुनेपछि आगामी वार्ताले माग पूरा हुने वा नहुने टुंगो लाग्ने बताए। 

उनले सरकारसँग थप छलफल र वार्ताका लागि आवश्यक सहजीकरणका साथ प्रस्तुत हुने बताए। चक्रवृति तथा मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.