राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक पारित
काठमाडौं : राष्ट्रियसभाको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक,२०७६ सर्वसम्मत पारित गरेको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छी मन्त्री डा . वेदुराम भुसालले प्रस्तुत गरेको उक्त विधेयकलाई सर्वसम्मत पारित गरिएको हो ।
त्यस्तै बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरेको छ । राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ । त्यसअघि प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले विधेयकलाई समयसापेक्ष बनाउनुपर्नेमा जोडका थिए। त्यस्तै बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं वार्षिक २०७८/७९ प्रतिवेदन प्रस्तुत गरेका हुन्।
राष्ट्रियसभाको अर्को बैठक यही चैत ३० गते बिहीबार बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस !