राजधानीकै व्यस्त सडकको पुल अलपत्र

भ्रष्टाचारविरुद्ध विशेषांक

राजधानीकै व्यस्त सडकको पुल अलपत्र
सुन्नुहोस्

काठमाडौं : राजधानीको व्यस्त तिनकुने पुल ठेकेदारको लापरवाहीका कारण अझै अलपत्र छ। ०७१ सालमा पूर्वसांसद एवं ठेकेदार हरिनारायणप्रसाद रौनियारको पप्पु कन्स्ट्रक्सनले पुलको ठेक्का लिएको थियो।

पुलको ठेक्कामा बदनाम पप्पु कन्स्ट्रक्सनले २१ करोड रुपैयाँमा साढे ३ वर्षमा सक्नेगरी पुलको ठेक्का लिएको थियो। सम्झौताअनुसार ०७४ मै दुई लेनको कुल १७० मिटर लामो २ वटा पुल बन्नुपर्ने थियो। तर, २०७६ मा गरिएको स्थलगत निरीक्षणमा पुलको पाइलमा गम्भीर त्रुटि पाइयो। २९.५ मिटर गहिरो पाइल निर्माण गर्नुपर्नेमा पप्पुले १६.५ मिटरको मात्र बनाएर झारा टार्ने काम गरेको थियो भने २ वटा पाइल निर्माणाधीन अवस्थामै भाँचिएका थिए।

डिजाइन अनुसार समस्याको समाधान गरेर मात्र काम अघि बढाउन निर्देशन भएपनि कम्पनीले जबरजस्ती पुलको सबस्ट्रक्चर निर्माण गरेर ढलान थालेपछि ठेक्का तोडिएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुलाई ०७६ मै कालोसूचीमा राखेको छ। 

त्यसपछि वाइपी किराँतेश्वर जेभीले पुल निर्माणको ठेक्का पाएको थियो। साढे २४ लाखमा ४२ महिनामा पुल निर्माण गरिसक्नुपर्ने समयसिमा सहित वाइपी किरांतेश्वरलाई ठेक्का दिइएको थियो। नयाँ ठेकेदारलाई पप्पुले गरेको काममध्ये प्राविधिक हिसाबले समस्या भएको संरचना भत्काएर नयाँ गर्न भनिएको थियो। तर, नयाँ ठेकेदारले पनि अझै काम अघि बढाएको छैन। 

०७१ सालमा सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। धोबीखोलामा नयाँ प्रविधि (आर्क एण्ड ब्रिज) बाट पुल निर्माण पनि भयो। तर, तीनकुने पुलको काम भने अझै अघि बढेको छैन। तीनकुनेको पुल साँघुरो भएकाले यस क्षेत्रमा सवारी चाप बढी हुँदा सर्वसाधारण र चालक हैरान छन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.