तीनकुने पुलमा पप्पुले बदमासी गरेको ठहर

तीनकुने पुलमा पप्पुले बदमासी गरेको ठहर

काठमाडौं : संघीय संसदको विकास तथा प्रविधि समितिले तीनकुनेस्थित वाग्मती पुल निर्माणमा पप्पु कन्स्ट्रक्सनले बदमासी गरेको निष्कर्ष निकालेको छ ।  समितिले काठमाडौं तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको स्थलगत अवलोकलन गरी तयार पारेको प्रतिवेदनमा  पप्पुकन्स्ट्रक्सनलाई कारबाही गर्नुपर्ने सुझाव दिएको हो । 

‘काम अघि नबढाउन निर्देशन दिँदादिदै पनि अटेर गरी निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने’ समितिको प्रतिवेदनमा भनिएको छ। निर्माणाधीन उक्त पुल ०७५ असार ५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी काठमाडौं उपत्यका सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सनबीच ०७१ पुस ४ गतेसम्झौता भएको थियो। 

सम्झौता अनुरुप हालसम्म निर्माण सम्पन्नपछि हस्तान्तरण गरी सञ्चालनमा आइसक्नु पर्ने थियो। तर, विवादका कारण उक्त पुलको निर्माणकार्य रोकिएको छ।  निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएको थियो । यसपछि काठमाडांै उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो। 

तर, व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेपछि विवाद सतहमा आएको थियो।  समितिले आफ्नो प्रतिवेदनमार्फत् पुल निर्माणमा गुणस्तर हुनुपर्ने, संझौताका शर्तहरु दुवै पक्षले पालना गर्नुपर्ने, सुस्त अवस्थामा रहेको कामलाई तीव्रता दिनुपर्ने, अनुगमन कार्यलाई निरन्तरता दिई सार्वजनिक खरिद ऐन नियमावलीको प्रावधान प्रतिकूल नहुनेगरी निर्माण कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित निकायका पदाधिकारीहरु एवं निर्माण व्यवसायीहरुलाई निर्देशन दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.