तस्बिरमा हेर्नुहोस् पानी परेपछि तीनकुने-कोटेश्वर सडकको हालत
तस्बिर : उमा विष्ट
काठमाडौं : शुक्रबार साँझ उपत्यकामा भरी वर्षा भएको छ। असिनासहितको वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू-भागमा मौसम बदली रहने छ।
स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।‘
स्थानीय वायुको प्रभावमा भएको प्रि-मौसमको समयमा यस्तै हुन्छ’, उनले भने, ‘तुरुन्तै मौसम बदली हुन्छ र तुरुन्तै मौसम सफा पनि हुन्छ, फेरि केही समयपछि बदली हुन्छ।’
भारी वर्षापछि तीनकुने-कोटेश्वर सडकखण्डमा पानी जम्दा केहीबेर सवारी आवतजावत अस्तव्यस्त बनेको थियो। सडकमा पानी जमेपछि राति आठ बजेसम्म जाम खुल्न सकेको छैन। 




प्रतिक्रिया दिनुहोस !