पाटेबाघको प्रचारमा युवा संघ

पाटेबाघको प्रचारमा युवा संघ
फाइल तस्बिर।
सुन्नुहोस्

संघका अध्यक्ष किरण पौडेलले विश्वमै लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्रमा महाधिवेशन आयोजना गर्दा बाघ संरक्षणको सन्देश देशैभरि दिन लोगो बनाइएको बताए।

नेपालगन्ज : राष्ट्रिय युवा संघ नेपालले पाटेबाघको देश विदेशमा प्रचार गरेको छ।

नेकपा (एमाले) निकट युवा संघको सोमबारदेखि नेपालगन्जमा सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनका लागि बनाइएको लोगोमा नौ अंकको गोलाकार घेराभित्र पाटेबाघको टाउकोे आकृति राखिएको छ। सोमबार नेपालगन्जमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको महाधिवेशन उद्घाटन सत्रको मञ्चमा मात्र तीन ठाउँमा ठूल्ठूलो बाघको आकृति राखिएको थियो।

संघका अध्यक्ष किरण पौडेलले विश्वमै लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्रमा महाधिवेशन आयोजना गर्दा बाघ संरक्षणको सन्देश देशैभरि दिन लोगो बनाइएको बताए।

‘बाँके र बर्दिया बाघको संंरक्षित क्षेत्रको भू–भाग हो। लोपोन्मुख जनावर बाघको महिमा र महŒवलाई उजागर गर्नको निम्ति केही न केही गर्नुपर्छ भनेर हामीलाई लाग्यो’, उनले लोगोबारे प्रस्ट पारे, ‘हाम्रा हजारौं युवाहरूले देशैभरि महाधिवेशनको प्रचारप्रचार गर्दा यही लोगो हालिरहेका छन्। जहाँ पनि बाघ बाघ भनेर आउने भयो। यो कुराले बाघ संरक्षण गर्नुपर्ने आधारहरूबारे सबै जनतालाई जागरण ल्याउन हामीले बाघको लोगो तय गरेका हौं।’

उनले बाघ किन संरक्षण गर्नुपर्छ भन्नेबारे तर्क गरे, ‘बाघ यो धर्तीमा रहेन भने इको सिस्टम खल्बलिन्छ। इको सिस्टमलाई सन्तुलनमा राख्न बाघको ठूलो महŒव छ। बाघ लोप हुनु भनेको बाघमात्र लोप हुनु होइन। प्राणी जगत्कै अस्तित्वमा संकट आउँछ।’

वन्यजन्तु संरक्षणकर्मी डा. रविन कडरिया एउटा राजनीतिक दलको युवा संगठनले महाधिवेशनको लोगोमा बाघ संरक्षणको सन्देश दिनु निकै राम्रो भएको बताउँछन्। उनी भन्छन्, ‘विदेशमा वन्यजन्तु संरक्षणका लागि नाम र लोगो राख्ने गरिन्छ। नेपालमा पनि वन्यजन्तुको नाममा पर्यटनकर्मीले होटल, रेस्टुरेन्टको नाम राखेका छन्। महाधिवेशनमै बाघकै लोगो राखेर युवा संघले बाघ संरक्षणको लागि राम्रो सन्देश दिएको छ।’

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुखसमेत रहेका डा. कडरिया पछिल्लो राष्ट्रिय बाघ गणनामा बाँके बर्दिया कम्प्लेक्समा देशमै सबैभन्दा बढी बाघ बढेको बताउँछन्। उनका अनुसार बर्दियामा गएको १० वर्र्षमा मात्र सात गुणाले पाटेबाघ बढेका छन्। सन् २०२२ को गणनामा बर्दियामा बाघको संख्या १२५ पुगेको छ। बाँके राष्ट्रिय निकुञ्जमा २५ गरी बाँके–बर्दिया कम्प्लेक्समा १ सय ५० वटा बाघ रहेका छन्।


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.