नागरिकता र लगानीमा सहज गर्न एनआरएनएको आग्रह

नागरिकता र लगानीमा सहज गर्न एनआरएनएको आग्रह

काठमाडौं  : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकता र लगानीमा सहजीकरण गर्न परराष्ट्र मन्त्री डा. पूर्णबहादुर खड्कासँग अनुरोध गरेको छ।

कार्यकारी अध्यक्ष डा. बद्री केसी अध्यक्ष कुल आचार्य, संथापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, राष्ट्रिय समन्वय परिषद् युकेका उपाध्यक्ष नारायण कंडेलले नव नियुक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कासँग भेटघाट गरी सहजीकरण गर्न भनेका हुन्। 

कार्यकारी अध्यक्ष डा. बद्री केसीले संघको स्थापनाकालदेखि संघले नागरिकता तथा लगानीको कुरालाई महत्व दिएको बताए। पूर्णताका लागि सहजीकरण गरिदिन अनुरोध गरे। उनले संघले गरेका गतिविधिबारे जानकारी गराए। 

संघका अध्यक्ष कुल आचार्यले संघले सामाजिक सुरक्षा, डलर खाता तथा सघको विकासका बारेमा विवरण प्रस्तुत गर्दै सो कार्यमा सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे।

संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक उदासले संघको सुरुको अभियान बारे जानकारी गराए। 

मन्त्री खड्काले गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै नेपालको समृद्धिको सपना लिएकोमा धन्यवाद व्यक्त गरे। नागरिकताको मुद्दा अब आउने वर्षे अधिवेशनबाट टुंगिने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.