रामेछाप सांस्कृतिक तथा सडक महोत्सवमा १० लाख बढीको कारोबार
रामेछाप : शुक्रबारदेखि सदरमुकाम मन्थलीमा सुरु भएको रामेछाप सांस्कृतिक तथ सडक महोत्सवमा झण्डै १० हजारले अवलोकन गरेका छन्। महोत्सवमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
नव वर्षका अवसरमा जिल्लामै पहिलो पटक आयोजना भएको महोत्सवमा जिल्लाका आठ वटै स्थानीय तहबाट सहभागिता रहेको थियो।
महोत्सवमा रामेछापका ९ वटा जातजातिको झाँकी एवं जातीय संस्कार झल्कने नृत्य प्रस्तुत गरिएको थियो। १९ वटा स्टलमा जिल्लामा उत्पादन गरिएका उत्पादित खाद्यान्न तथा हस्तकलाका वस्तुहरू प्रदर्शनीमा राखिएको थियो।
रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष झनकबहादुर बुढाथोकीले आगामी दिनमा पनि महोत्सव गरिने बताए।