सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सहयोग गर्न आग्रह

सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सहयोग गर्न आग्रह
बिहीबार आफ्नै कार्यकक्षमा मन्त्री रिजाललाई सम्मानित गर्दै वीरगन्ज महानगरका मेयर राजेशमान सिंह। तस्बिर : क्रान्ति शाह।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले तीनदशकदेखि प्रदूषणको चपेटामा रहेको सिर्सिया नदिको प्रदूषण नियन्त्रणका लागि पहल गरिदिन उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालालाई आग्रह गरेको छ। 

गृहजिल्लामा आएका मन्त्री रिजालको स्वागत र सम्मानमा महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा मेयर राजेशमान सिंहले वीरगन्जकै लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदूषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताए।
  

रोजगारी वृद्धिका लागि उद्योगग्राम बनाउन गृहकार्य भइरहेको भन्दै मेयर सिंहले त्यसका लागि पनि आवश्यक बजेटको व्यवस्था मिलाइदिन आग्रह गरे। वीरगन्ज औद्योगिक तथा आर्थिक नगरी रहे पनि बजेट अभावमा नागरिकमुखि योजनाहरु कार्यान्वयनमा लैजान कठिन भएको भन्दै त्यसमा पनि आवश्यक साथ र समन्वय गरिदिन मेयर सिंहले आग्रह गरे।
 null
उद्योगमन्त्री रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सह्रानीय रहेको भन्दै त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
 
‘धेरै वर्ष पहिले आमाले पनि यो नदीमा छठका बेला पूजा गर्नुभएको मलाई सम्झना छ,’ उनले भने, ‘अहिले त नदीको पानी धेरै कालो देखिन्छ, गन्हाउने पनि भएको छ, यसलाई स्वच्छ बनाउन महानगरले गरिरहेको प्रयास राम्रो छ, मन्त्रालयबाट मैले गर्नुपर्ने सहयोग गर्न म तयार छु।’ 

उनले उद्योग ग्राम निर्माणका लागि आफूले सकेको पहल गर्ने र एक पटक मन्त्रालयमा आउन निम्ता दिँदै सचिवहरुसँगै राखेर आवश्यक व्यवस्था मिलाउन लगाउने बताए। 

स्वागत तथा सम्मान कार्यक्रममा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.