वर्षौंदेखि जोगाएको वन आगोले निल्दै

वर्षौंदेखि जोगाएको वन आगोले निल्दै
सुन्नुहोस्

डडेल्धुरा : आगोले डडेल्धुराका सामुदायिक र सरकारी वन जंगल नासिँदै गएका छन्। सुक्खायाम र जथाभावी आगो लाग्दा वर्षौंदेखि जोगिएका वनजंगल नासिँदै गएका हुन्।

जिल्लाका अजयमेरु गाउपालिका–१ शिखर सुइडोव सामुदायिक वनमा २० वर्षपछि आगो लाग्दा जंगल सखाप हुनुका साथै वन्यजन्तु प्रभावित भएको स्थानीय बताउँछन्। अजयमैरु–१ कै वालकल्याण मावि विद्यालय परिषरमा सामुदायिक वनमा लागेको ढडेलोले विद्यालयको बगैंचामा क्षति पु¥याएको छ। विद्यालय परिसरमा पसेको आगो स्थानीय, शिक्षक, विद्यार्थी, अभिभावक, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रण हुँदा विद्यालय बचाउन सकिएको शिक्षक पदमराज पन्तले जनाए।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष निर्मला बोगटी बिष्टको परिवारको आमको बगैंचा र घर नष्ट भएको छ। अज्ञात समूहले लगाएको आगोका कारण लाखौंंको क्षति भएको उपाध्यक्ष विष्टले जानकारी दिए। 

नवदुर्गा–४ गिल्लामा रहेको उनको घर र बगैंचामा अज्ञात समूहले आगजनी गरी काठ र घरमा क्षति पु¥याएको आरोप छ। आगलागीबाट घरसँगै ५ सय जति आँपका बिरुवा नष्ट भएका छन्। घरमा रहेको ४ सय क्युफिट काठसमेत जलेर नष्ट भएको उपाध्यक्ष विष्टको दाबी छ।

त्यसैगरी भित्री मधेस क्षेत्रको परशुराम नगरपालिका–३ मार्कु बस्ती रहेको जंगलमा मंगलबार दिउँसोदेखि भीषण आगलागी भएको छ। स्थानीय वन क्षेत्रमा डढेलो लागेको र वनमा लागेको आगो उडेर बस्तीमा पुग्दा बस्तीसमेत क्षति पु¥याएको स्थानीयले जनाए।

२७ परिवारको बसोबास रहेको मार्कु बस्तीमा अधिकांशका घर गोठमा क्षति पुगेको स्थानीय अगुवा रामसिंह थलालले जानकारी दिए। आगलागीबाट स्थानीयका पाँच घर र गोठमा क्षति पुगेको छ। 

स्थानीयमा भइरहेको आगजनीका विषयलाई गम्भीर रूपमा लिई प्रहरी चनाखो भई तयारी अवस्थामा रहेको प्रहरीको भनाइ छ। भित्री मधेसमा भइरहेको ढडेलोको क्षति कम गर्न इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी प्रमुख इन्स्पेक्टर गगनसिंह भाटले स्थानीयलाई सचेत गराइरहेको बताए।

हावाहुरी चलिरहेकाले आगो उडेर बस्तीका घर गोठमा आगलागी हुन थालेकाले पूरै बस्ती जोखिममा रहेको परशुरामका स्थानीय नरेशदत्त भट्टले जानकारी दिए।

गर्मी मौसम सुरु हुनुभन्दा अगाडि नै सचेतनामूलक कार्यक्रमका साथै आगोबाट वनलाई जोगाउन अग्नी रेखा, उपभोक्तालाई आगो नियन्त्रणसम्बन्धी तालिम र सुरक्षाका सामग्री उपलब्ध गराई सावधानी अपनाउनुपर्ने अजयमेरु–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए।

सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा शिक्षक। तस्बिर : धनबहादुर भण्डारी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.