मधेशमा १ लाख किसानलाई चौपाया वितरण गरिने

मधेशमा १ लाख किसानलाई चौपाया वितरण गरिने
फाइल तस्बिर।
सुन्नुहोस्

उनले प्रत्येक वर्ष मलको अभाव भइरहेका बेला रासायनिक मललाई विस्तारै विस्थापन गर्दै जैविक तथा प्राङ्गारिक मलको उत्पादन तथा उत्पादकत्व बढाउन मन्त्रालय लागेको बताए।

जनकपुरधाम : मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक लाख किसानलाई जीविकोपार्जनका लागि पशुचौपाया वितरण गर्ने भएको छ। कृषिमन्त्री वसन्त कुशवाहाले गरिब, विपन्न तथा गरिखाने किसानहरूको सवालमा कृषि मन्त्रालयद्वारा एक लाख किसानलाई गाई, भैंसी तथा बाख्रा वितरण गर्न लागिएको बताएका छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहाले आर्थिक वर्ष २०८०/०८१ को ३१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मधेस प्रदेश कृषिको लागि उर्वरभूमि भएकोले मन्त्रालयले कृषिलाई प्रधानको रूपमा प्राथमिकता दिएर विशेष कृषि क्षेत्रका योजनाहरूलाई अगाडि बढाउन लागिएको जानकारी दिए। 

उनले प्रत्येक वर्ष मलको अभाव भइरहेका बेला रासायनिक मललाई विस्तारै विस्थापन गर्दै जैविक तथा प्राङ्गारिक मलको उत्पादन तथा उत्पादकत्व बढाउन मन्त्रालय लागेको बताए।

उनले भने, ‘प्रदेशमा तीन लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता छ। जसमध्ये संघीय सरकारबाट प्राप्त हुने १ लाख ५० हजार मेट्रिकटन मल उपयोगमा ल्याइनेछ र बाँकीमा प्राङ्गारिक मलको प्रयोगलाई मधेस प्रदेश सरकारको कृषि मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ।’ 

किसानलाई आत्मनिर्भर बनाउन किसानहरूको पहिचान गरी एक लाख किसानलाई गाई/भैंसी र बाख्रापालनका लागि वितरण गरिने मन्त्री कुशवाहाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.