खुल्यो दुग्ध संकलन केन्द्र, ४०० किसानलाई अनुदान

खुल्यो दुग्ध संकलन केन्द्र, ४०० किसानलाई अनुदान
सुन्नुहोस्

सिरहा : सिरहाको लहान नगरपालिका–१८ विसनपुरमा दुग्ध किसानहरुले उत्पादन गरेको दूध संकलनका लागि केन्द्र सञ्चालनमा आएको छ । ५ सय लिटर क्षमताको दूध चिलिङ्ग भ्याट मेशिन पनि जडान गरिएको छ । 

नगरपालिकाले संरक्षण परियोजना अन्तर्गत ८०-२० प्रतिशत अमृतपान कृषि सहकारीसँगको सहकार्यमा उक्त दूध संकलन केन्द्र सञ्चालन गरेका हुन् । केन्द्रमा आवश्यक पर्नेमा अटोमेटिक दूध एनलाइजर मेशिन, जेनेरेटर, स्टेवलाईजर, दूध परीक्षण किट, किसानहरुलाई दूध संकलन गरेर ल्याउने भाडो र पशुका लागि चाहिने क्यालसियम लगायतका सामग्री सहयोग गरिएको छ । 

१२ लाख ५० हजार लागतमा २० प्रतिशत रकम सहकारीले साझेदारी गरेका छन् । मेयर महेश चौधरीका अनुसार नगरपालिकाले सहकारीलाई थप ५ लाख रुपैयाँ सामुदायिक वीउ बैंक स्थापना गर्न अनुदान दिएको छ । ‘यस कार्यले ग्रामीण अर्थतन्त्र, ग्रामीण स्वरोजगार बढाउनेछ,’ उनले भने, ‘यस भेगका ५ सय भन्दा बढी किसान लाभान्वित हुने आकलन गरेका छौँ ।’ 

यसै परियोजनाबाट ४०० किसानलाई ३५ हजारको दरले किसान कार्डमार्फत अनुदान पनि वितरण भएको छ । जसमध्ये १५० जना किसान दूध उत्पादन कार्य गरिरहेको छ । अब उनीहरुले उत्पादन गरेको दूध यही संकलन गरेर बिक्री वितरण हुने जनाएको छ ।

यहाँ वडा नं. १५ र १८ हुँदै मुतनी खोला बग्छ । त्यही वरिपरिका कृषकहरुलाई आर्यआर्जनमा जोड्न संरक्षण परियोजना सञ्चालन छ । १५ वटा कृषक समूह र ९ वटा सामुदायिक वनसँग मिलेर कृषि, सामुदायिक वन, पशुपालन लगायतमा क्षेत्रमा काम भइरहेको छ । परियोजनामा नगरपालिकासँगै राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, केयर नेपाल र जर्सी ओभरसिजले सहयोग गरिरहेको छ ।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.