गण्डकीका मुख्यमन्त्रीको वार्षिक कृषि आम्दानी ६ लाख, ऋण काढेर काठमाडौंमा घडेरी

गण्डकीका मुख्यमन्त्रीको वार्षिक कृषि आम्दानी ६ लाख, ऋण काढेर काठमाडौंमा घडेरी
सुन्नुहोस्

पोखरा  : अक्सर धेरैको मुखबाट सुनिन्छ–कृषिबाट कमाइ नै हुँदैन । खेतीपाति निर्वाहमुखी मात्रै भयो । व्यवसायिक किसानका पनि गुनासा त्यस्तै हुन्छन् ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सम्पति विवरण हेर्दा भने उनको आम्दानीको गतिलो स्रोत कृषि नै देखिन्छ । अधिकारीले शुक्रबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले खेतबारीबाट कृषि फसलमार्फत् वार्षिकरुपमा गरेको आम्दानी ६ लाख रुपैयाँ उल्लेख छ । 

पुस २५ गते मुख्यमन्त्री नियुक्त अधिकारीले बैशाख ८ गते शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री अधिकारीले श्रीमती रमा पाण्डेको नाममा अग्रगामी कृषि फार्ममा साढे १६ लाख रुपैयाँ लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख छ । 

विवरणमा उनले ८० लाख रुपैयाँमा काठमाडौं चन्द्रगिरीमा घडेरी किनेको,त्यसका लागि प्रभु बैंकबाट ऋण लिएको उल्लेख गरेका छन् । गण्डकी विकास बैंक (हाल इन्भेस्टेमेन्ट मेगा बैंक) मा मुख्यमन्त्री अधिकारीको २४ सय ९७ कित्ता सेयर छ । 

मुख्यमन्त्री अधिकारीले आइट्वान्टी कार बिक्री गरी आएको रकममा थपेर स्कोरपियो खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।  सहकारीमा नगद बचत १५ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका मुख्यमन्त्रीको सम्पत्ति विवरणमा ३५ लाख रुपैयाँ व्यक्तिगत रुपमा ३ जनासँग ऋण लिएको र १० लाख तिरेको पनि लेखिएको छ ।

अधिकारीसँग ३ तोला सुन छ । मुख्यमन्त्री अधिकारीले पुर्ख्याौली सम्पत्ति बेचबिखनबाट पोखरा १२ मा घर बनाएको र पुर्ख्याौली ठाउँ पोखरा ३१ मा जग्गा जमिन रहेको जनाएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.