चितवन - २ को मतगणना दिउँसो १ बजेबाट

चितवन - २ को मतगणना दिउँसो १ बजेबाट

चितवन : प्रतिनिधिसभा सदस्‍य चयनका लागि चितवन -२ मा भएको उपनिर्वाचनको मतगणना दिउँसो १ बजेबाट हुने भएको छ।  जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले मतगणना दिउँसो १ बजेबाट सुरू गरिने जानकारी दिए। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणनाको तयारी गरिएको छ।

अहिले सर्वदलीय बैठक जारी छ।

नेपाली कांग्रेसका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको मुद्दाको सुनुवाइ नभएसम्म मतगणना गर्न नहुने अडान लिएपछि मतगणनामा ढिलाइ भएको हो।

चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन भएको हो। यसपटक उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ।

चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.