चितवन-२ को मतगणना सुरू
चितवन : चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ। आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इच्छा मनकामना गाउँपालिका १ र ३ वडाबाट मतगणना सुरू भएको हो। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा २ बजेबाट मतगणना सुरू भएको हो।
उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ।
चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। चितवन-२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुन:मतदान भएको हो।