फ्लाई दुबईको विमान गन्तव्यतिर, प्राधिकरणका प्रवक्ता भन्छन्- इन्जिनमा सामान्य समस्या देखिएको थियो

फ्लाई दुबईको विमान गन्तव्यतिर, प्राधिकरणका प्रवक्ता भन्छन्- इन्जिनमा सामान्य समस्या देखिएको थियो
फाइल तस्बिर

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाई दुबईको विमान गन्तव्यतिर उडेको जानकारी दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने बेला अस्वभाविक आवाज आएपछि विमानस्थलले फोर्स ल्यान्डिङको तयारी गरेको थियो। विमानमा आवाज आएको र आगो लागेको देखेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

मन्त्री किरातीले फ्लाई दुबईको विमान सुरक्षित गन्तव्यतिर हिँडेको कोही चिन्ता लिन नपर्ने जानकारी दिएका छन्। विमानमा १६३ जना यात्रु सवार छन्।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले पनि विमान गन्तव्यतिर गएको जानकारी दिए। उनले विमानको इन्जिनमा सामान्य समस्या देखिएको बताए। 'कहिलेकाहीँ इन्जिनमा सामान्य समस्या देखिन्छ। त्यो नेपालको आकाशमा होल्ड गर्ने बेला नै समाधान भएको जानकारी पाएका छौं। विमान गन्तव्यतिर गएको छ,' उनले अन्नपूर्णसँग भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.