बैठक १४ मिनेटका लागि स्थगित

सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदा राष्ट्रियसभामा खोजियो अर्थमन्त्री

सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदा राष्ट्रियसभामा खोजियो अर्थमन्त्री
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभा बैठकमा सांसद्हरूले अर्थ मन्त्री डा.प्रकाशशरण महतको उपस्थिति हुन माग गरेका छन् । सांसद मदनकुमारी शाह (गरिमा) ले सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन,मध्यकालीन र दिर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी योजना कार्यान्वयन गर्ने भन्ने विषयको सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी थिइन्। सो प्रस्तावमाथि छलफलका क्रममा नेकपा एमालेका सांसदहरूले अर्थमन्त्रीको खोजि गरेका हुन्।

सार्वजनिक महत्वको प्रस्ताव देशको अर्थतन्त्रसँग सम्बन्धित भएको भन्दै संसद्को गरिमालाई होच्याउने काम गरेको भन्दै अर्थमन्त्रीको उपस्थितिको माग गरिएको हो।

सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदा राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री उपस्थित नभएपछि नेकपा एमालेका सांसद्हरुले छलफलमा सहभागी नहुने अडान राखेका थिए। त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अर्थमन्त्रीको केहिबेरमा उपस्थित हुने बताए । उनले संसद्मा उठेका विषयहरु टिपोट हुने बताए । तर एमालेका सांसदहरू अर्थमन्त्री उपस्थित नहुँदासम्म बैठक अगाडि नबढाउन भन्दै विरोध जनाए। लगत्तै अध्यक्ष तिमल्सिनाले बैठक १४ मिनेटका लागि स्थगित भएको  जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.