बालाजुको कोत: धुकु पेट्रोल पम्प सिल गर्दै काठमाडौं महानगर
![बालाजुको कोत: धुकु पेट्रोल पम्प सिल गर्दै काठमाडौं महानगर](https://annapurnapost.prixacdn.net/media/albums/petrol-pump_m5TihKTf2H_UI9TPiWSkm.jpg)
काठमाडौं : काठमाडौं महानगरपालिकाले बालाजुस्थित एक पेट्रोल पम्प सिल गर्ने तयारी गरेको छ। नयाँ बजारस्थित कोत: धुकु पेट्रोल पम्प सिल गर्न लागेको महानगरले जनाएको छ।
सडक मिचेर पेट्रोल पम्प निर्माण गरिएको पाइएकाले महानगरले सो पेट्रोल पम्प सिल गर्ने तयारी गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।
महानगरले सडक मिचेर बनाइएका अवैध संरचना हटाउने अभियानलाई तीव्र पारेको छ।
मंगलबार मात्रै महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडकपेटीको प्रहरी बिट हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)