कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिनू

कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिनू
तस्बिर : रासस
सुन्नुहोस्

विराटनगर : अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्। बिहीबार विराटनगर आएका अर्थमन्त्री महतले  विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।

उनले भने,' तपाईंहरू  राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं,मलाई विश्वास छ यहाँहरूले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।'

मन्त्री डा. महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने भन्दै आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुपर्ने बताए।

यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको बताए। । राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए।

मन्त्री डा. महतले भने,' समग्रमा हामी पारदर्शीताका साथ काम गरौं, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौं,नियम कानुनअनुसार काम गरौं हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.