कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा आज तेस्रो पटक विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा आज तेस्रो पटक विश्वासको मत लिँदै
सुन्नुहोस्

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रोपटक विश्वासको मत लिदैछन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मु्ख्यमन्त्री शर्माले आज प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची छ।  शुक्रबार मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिने तयारी छ ।

कूल ४० सदस्य प्रदेश सभामा सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना,नेकपा माओवादी केन्द्रका १३ जना र एकीकृत समाजवादीका १ जना गरी २८ जनाले विश्वासको मत दिनेछन् । 

जुम्लाबाट स्वतन्त्र निवाचित सांसद देवेन्द्रबहादुर शाहीले पनि प्रदेश सरकारलाई विश्ववासको मत दिने बुझिएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्माले पुस २७ गते  गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यतिबेला शर्मा नेकपा एमाले,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मु्ख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। तर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले चैत्र १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए।

दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपाबाहेक कांग्रेस,नेकपा एमालेलगायत दलको समर्थनमा विश्वासको मत लिएका थिए। तर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिनुपरेको हो।

केन्द्रमा सत्तासमिकरण फेरिएसँगै कर्णालीमा त्यसको असर परेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.