सिन्धुलीमा कार दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
![सिन्धुलीमा कार दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_IpVq6lk0XZ_5xeIsJIL7v.jpg)
दुर्घटनामा एक पुरूष र एक महिलाको ज्यान गएको छ।
सिन्धुली : सिन्धुलीमा आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बनेपा-सिन्धुली-बर्दिबास-(विपि) राजमार्ग अन्तरगत कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङमा बा८च ५१३५ नम्बरको कार दुर्घटना भएको थियो। दुर्घटनामा एक पुरूष र एक महिलाको ज्यान गएको छ।
उनीहरूको पहिचान हुन सकेको छैन। घाइते पुरूषलाई प्रहरी र स्थानीयले उद्धार गरेर सिन्धुली अस्पतालतर्फ पठाएको सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले बताए।
मृतक दुबैको घटना स्थलमै मृत्यु भएको हो। कार सडकबाट करिब २० मिटर तल खसेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)