रामेछापका स्थानीय तहको बेरुजु बढ्दो क्रममा

रामेछापका स्थानीय तहको बेरुजु बढ्दो क्रममा
सुन्नुहोस्

रामेछाप : रामेछापका स्थानीय तहमा बेरुजु बढ्दै गएको छ। जिल्लामा रहेका आठवटा स्थानीय तहमा आर्थिक वर्ष २०७८/७९ मा ३७ करोड ७९ लाख रुपैयाँ रकम बेरुजु देखिएको छ। 

महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार जिल्लाको खाँडादेवी गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा खाँडादेवी गाउँपालिका बेरुजु ९ करोड २९ लाख १३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड ६७ लाख ४ हजार रुपैयाँ बेरुजु आएको खाँडादेवीमा यस वर्ष बेरुजु बढेर ९ करोड २९ लाख नाघेको हो। 

आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ५६ लाख रुपैयाँ बेरुजु रहेको गोकुलगंगा गाउँपालिकाको बेरुजु रकम आर्थिक वर्ष २०७८/०७९ मा ५ करोड ६९ लाख ३१ हजार रुपैयाँ पुगेको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड १७ लाख ४० हजार रुपैयाँ बेरुजु रहेको लिखु तामाकोशी गाउँपालिकाको बेरुजु आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड ९३ लाख ८ हजार देखिएको छ। 

सुनापति गाउँपालिकाको बेरुजु ४ करोड ७९ लाख ४५ हजार रुपैयाँ देखिएको छ। अघिल्लो आर्थिक वर्षमा सुनापतिको बेरुजु रकम ६७ लाख ८५ हजार थियो। 

दोरम्बा शैलुङ गाउँपालिकाको बेरुजु ४ करोड ६६ लाख ७८ हजार रुपैयाँ छ। आर्थिक वर्ष २०७७/०७८ मा यो पालिकाको बेरुजु रकम १ करोड ७४ लाख ३२ हजार थियो। 
आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ४३ लाख ६० हजार रुपैयाँ बेरुजु रहेको मन्थली नगरपालिकाको पनि यस वर्ष बेरुजु बढेर ५ करोड २० लाख ५८ हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७८/०७९ मा उमाकुण्ड गाउँपालिकाको बेरुजु रकम २ करोड ४७ लाख ९१ हजार रुपैयाँ छ। 

आर्थिक वर्ष २०७८/०७९ मा रामेछाप नगरपालिकाको ७२ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको छ। अघिल्लो आर्थिक वर्षमा रामेछाप नगरपालिकाको बेरुजु रकम १ करोड ५१ लाख ६० हजार रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.