रिङरोड सडक स्तरोन्नति

रिङरोड सडक स्तरोन्नति
सुन्नुहोस्

जोमसोम : उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गतका ३,४ र ५ वडा जोड्ने रिङरोड सडक स्तरोन्नतिको कार्य सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको समपूरक बजेट ५० लाख र गाउँपालिकाको ७० लाख बजेट साझेदारी रहने गरी डकारताङ, नाम्गेल, फुवा हुँदै किम्लिङ जोड्ने ४ दशमलव ५ किलोमिटर रिङरोड सडक स्तरोन्नति सुरु गरिएको हो।

चालु आर्थिक वर्ष २०७९-०८० का लागि गण्डकी प्रदेश र स्थानीय तहको ५०÷५० प्रतिशत साझेदारी रहने भनिए पनि त्यसमा थप २० लाख बजेट गाउँपालिकाले विनियोजन गरेको हो। गाउँपालिकाले लोमान्थाङका ४ वटा गाउँ जोड्ने रिङरोड सडक स्तरोन्नतिका लागि फागुन महिनामा १ करोड १६ लाखमा दामोदरकुण्ड कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए।

लोमान्थाङका ३ वडाका ४ गाउँ जोड्ने कच्ची सडकलाई फराकिलो बनाउँने, ग्रेड मिलान गर्ने, मेशिनरी वाल र ड्रेन लगायतका कामहरू गरी सडक स्तरोन्नति गरिने प्रशासकीय अधिकृत उपाध्यायले बताए। यसका लागि शुक्रबारदेखि निर्माण कम्पनी सडक स्तरोन्नति कार्यमा खटिएको र सडक ७ मिटर चौडा हुने उनले उल्लेख गरे। सडक स्तरोन्नति चालू आर्थिक वर्षको असार मसान्तभित्र सक्ने लक्ष्य छ।

गण्डकी प्रदेश र पालिकाको संयुक्त साझेदारीमा सीमावर्ती गाउँ जोड्ने रिङरोड सडक स्तरोन्नति थालिएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। यसअघि सडकको पहुँच पुगे पनि सडक साँघुरो र अप्ठ्यारो थियो, जसका कारण सवारी साधन आउजाउमा समस्या छ,’ अध्यक्ष गुरुङले भने, ‘यसैले हामीले ४ गाउँ जोड्ने सडकलाई प्राथमिकता दिएका हौं, सडक स्तरोन्नति सकिएपछि ४ गाउँका झन्डै २ सय धुरीलाई आउजाउ र मालसामान ढुवानीमा सहज हुनेछ।

उपल्लो मुस्ताङको लोमान्थाङबाट ४ गाउँका स्थानीय कृषि र पशुपालन व्यवसायमा आ िश्रत छन्। सडक बनेपछि उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकलाई सीमावर्ती गाउँसम्म पुग्न समेत सहज हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.