चट्याङ लागेर घाइते भएका आमाछोरीको उपचारमा सहयोग
रामेछाप : यही वैशाख ८ गते अपराह्न परेको चट्याङ लागेर घाइते भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
जिल्लाको मन्थली नगरपालिका-३ कठजोर रालटारका ४० वर्षीय सुमित्रा कार्की र उनकै छोरी ९ वर्षीया अनिता कार्कीलाई उपचारका लागि बैंक एण्ड इन्स्योरेन्स ग्रुपले आर्थिक सहयोग गरेको हो।
समूहबाट संकलित २३ हजार ९ सय २० रुपैयाँ वडा सचिव रबिन जंग कार्की र जनप्रतिनिधिको रोहवरमा पीडितलाई प्रदान गरिएको ग्रुपका रामेछाप सचिव प्रदीप कार्कीले जानकारी दिए।
चट्याङ लागि घाइते भएका दुवैको मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् काठमाडौं पठाइएको थियो। हाल दुवै जना काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छन्।