मधेसमा एक वडा, एक एग्रोभेट

मधेसमा एक वडा, एक एग्रोभेट

जनकपुरधाम : मधेस प्रदेश सरकारले मधेसको हरेक जिल्लाको हरेक वडामा एक वडा एक एग्रोभेट सञ्चालनको थालनी गरेको छ। 

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बमोजिम मधेस प्रदेशका सबै वडाहरू कम्तिमा एउटा एग्रोभेट सञ्चालन गराउने थालनी गरेको हो।

यो कार्यक्रम मधेस प्रदेशको आठ जिल्ला १३६ स्थानीय तहका १ हजार २ सय ७० वडामा कार्यक्रम सञ्चालन गरिने भएको छ। 

सरकारद्वारा सञ्चालित एग्रोभेटबाट बिउ बिजन, कृषिमा प्रयोग हुने औषधि तथा कृषि परामर्श सेवा उपलब्ध हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले जानकारी दिए। 

उनले भने, ‘यस्तो एग्रोभेटलाई मन्त्रालयले समेत आवश्यक सहयोग गर्नेछ। जसमा किसानको हरेक सुविधालाई मध्यनजर गरेर कार्यक्रम नै सञ्चालन हुन्छ।’

यसैगरी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेश सरकारको बजेट सिलिङ अपुग हुने भएकोले आवश्यक बजेट संघीय सरकारसँग मागेको छ। जस अनुसार करिब ६.७ अर्बको कार्यक्रम संघीय कृषि मन्त्रालय अन्तर्गत समावेश गर्न परियोजनाको विवरणसहित संघीय कृषि मन्त्री डा. बेदुराम भुसाल मार्फत मन्त्रालयमा पेश गरिएको मन्त्री कुशवाहाले बताए। 

उनले भने, ‘जसरी मधेस प्रदेश कृषिको अन्नभण्डार थियो, त्यही अनु्रुप गर्न लागिएको हो। अब कृषि प्रधान खाली भाषणमा हैन, कृषकको माग अनुसारका कार्यक्रम बजेटमा समावेश गराई कार्यक्रम कार्यान्वयन गर्न समन्वय गर्ने सबैसँग अपिल गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.