१० औं संस्करणको रारा गोल्डकप वैशाख २२ गतेदेखि

१० औं संस्करणको रारा गोल्डकप वैशाख २२ गतेदेखि

धनकुटा : अग्नी बसुन्धरा स्मृति १० औं गोर्खा स्ट्रङ रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ।

रारा फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गर्दै वैशाख २२ देखि २८ गतेसम्म प्रतियोगिता हुन लागेको जानकारी दिएको हो। 

प्रतियोगिता राजारानी बजारस्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ। राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर हरेक वर्ष रारा गोल्डकप सञ्चालन हुँदै आइरहेको छ। 

प्रतियोगितामा आयोजकसहित मोरङको डाँगीहाट यूथ क्लब र पथरी फुटबल क्लब, सुनसरीको तालतलैया एकेडेमी, झापाको विर्तामोड युनाइडेट फुटबल क्लब, धनकुटाको डाँडाबजार फुटबल क्लब, सिराहाको शैलेश युथ क्लब र उदयुरपुरको गाईघाट फुटबल गरी ८ टिमको सहभागिता रहने रारा क्लबका अध्यक्ष मणि चेम्जोङले बताए। 

उद्घाटन खेलमा डाँगीहाट युथ क्लब मोरङ र तालतलैया एकेडेमी सुनसरीबीच प्रतिस्पर्धा हुने छ। 

प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरिएको छ। अघिल्लो संस्करणमा विजेतलाई २ लाख र उपविजेतालाई एक लाख प्रदान गरिएको थियो। तर यो पटकको विजेताले नगद तीन लाख रुपैयाँ सहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैयाँ हात पार्नेछ।

प्रत्येक खेलमा म्यान अफ दी म्याचको व्यवस्था गरिएको र पाँच हजार पुरस्कार प्रदान गरिने बताइएको छ। 

विभिन्न विधाहरूमा उत्कृष्ट हुने खेलाडीहरूलाई जनही नगद १० हजार रुपैयाँ ट्रफी र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। 

कोरोना महामारीको कारण प्रतियोगिता तीन वर्ष स्थगित भएको थियो। यो संस्करण तीन वर्ष पछि हुन लागेको उनले बताए। तीन वर्ष अघि विराट चोकको सगरमाथा स्पोटिङ क्लबले जितेको थियो। उक्त क्लबले लगातार तीन संस्करणको उपाधि जितेको हो। 

खेल मैदानमा २५ सय दर्शक अट्ने क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ। अहिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका प्रचारप्रसार संयोजक सविन अधिकारीले बताए। 

प्रतियोगिताको प्रायोजक गोर्खा ब्रुअरी प्रालि, वैकिङ पार्टनर नबिल बैंक र संरक्षक चौविसे गाउँपालिका रहेको छ। प्रतियोगिता सञ्चालनका लागि ३६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। 
जसमध्ये चौविसे गाउँपालिकाले ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। प्रतियोगिता सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ। उक्त अक्षयकोषबाट प्राप्त ब्याज १ लाख, गेट टिकटबाट ९ लाख रुपैयाँ, प्रायोजक तथा सह–प्रायोजकबाट ८ लाख, व्यक्तिगत चन्दा तथा सहयोगबाट १२ लाख ५० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको क्लबका सचिव युवराज कटेलले बताए। 

सम्मेलनमा प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको थियो।  

फुटबल क्षेत्रको उर्भरभूमि चौविसे 

फुटबल खेलको क्षेत्रमा चौविसे गाउँपालिका उर्भरभूमि रहेको छ। राष्ट्रिय टिम सहित ए डिभिजन क्लबका अधिकांश खेलाडी यस क्षेत्रका छन्। 

राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका गोलकिपर तथा अन्तर्राष्ट्रिय खेलाडी किरण चेम्जोङ यसै क्षेत्रका हुन्। फेड्स क्लबबाट फुटबल खेल्ने खेलाडी वुद्ध चेम्जोङ राजारानीका हुन्। 

नेपाल पुलिस क्लबका कप्तान राम वाजिम्पाक पनि चौविसे गाउँपालिका-१ वुधवारेका वासिन्दा हुन् छ। नेपाली महिला टिमका सदस्य तथा सशस्त्र प्रहरी वल महिला टिममा आवद्ध सिर्जना चेम्जोङको घर पनि चौविसे नै हो।

राष्ट्रिय स्तरमा चिनिएका अधिकांश खेलाडी चौविसे क्षेत्रका हुन्। जसको कारण चौविसेलाई फुटबलको उर्भरभूमि मानिन्छ। रारा गोल्डकप उदयीमान खेलाडीलाई खेल कौसल देखाउने माध्यम बनेको चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुले बताए। 

उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ। यस वर्षदेखि चौविसे गाउँपालिका प्रतियोगिताको संरक्षकका रूपमा रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.