बाह्रसिंगे हेर्न शुक्लाफाँटा आउनू

बाह्रसिंगे हेर्न शुक्लाफाँटा आउनू
सुन्नुहोस्

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकहरूका लागि आकर्षक गन्तव्य हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटाको ठूलो घाँसे मैदान (फाँट) छ। 

जुन फाँटमा एकैपटक सयौं बाह्रसिंगाको झुन्ड देख्न सकिन्छ। यहाँ घुम्न आउने आगन्तुकहरूलाई फाँटमा स्वागत गर्छन् बाह्रसिंगाले। बाह्रसिंगाको टाउकामा सिङका छ–छवटा हाँगा हुन्छन्। 

आँखै अगाडि देखिने बाह्रसिंगाको झुण्डले यहाँ आउने आगन्तुकको मन लोभ्याउने गरेको छ। बाह्रसिंगाको झुण्ड हेर्न र तस्वीर खिच्नकै लागि यहाँ पर्यटकहरू पुग्ने गर्छन्। 

त्यती मात्र नभई शुक्लाफाँटाको घासे मैदानमा मयुर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ। उक्त फाँटमा पाठेबाघको दृष्य समेत देख्न सकिन्छ। शुक्लाफाँटाको पुवीतर्फ बग्ने चौधर खोला, बकौला र फाँट पाठेबाघ देखिने ठाउँ हुन। 

सोही फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेको थिए भने एक रात बास बसेका थिए। हाल दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र बास बसेका हुन्। 
शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असारसम्म हो। बसन्त रितुमा त शुक्लाफाँटामा फुल्ने रंगी विरंगी फुलहरूले आगन्तुकहरूलाई स्वर्गको आभास दिलाउछ। निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँटा छन। जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ। 

निकुञ्जको पूर्वी सेक्टरमा हिरापुर फाँट छ त्यहाँ कृष्णसार संरक्षण गरिएको छ। निकुञ्ज प्रवेश गर्ने दुइटा बाटो छन्। एउटा रानी ताल भएर फाट पुगिन्छ भने अर्को बर्कोलाको बाटो। फाँटमा पर्यटकहरूका लागि काठका ४ वटा मचान बनाइएका छन्। उक्त मचानबाट पर्यटकहरूले शुक्लाफाँटाको दृश्य अवलोकन गर्न र तस्बिर लिने 
गरेका छन्।

शुक्लाफाँटा भित्रै रानी ताल छ। त्यहाँ रानी तालसँग सँगै अन्य स–साना तालहरू पनि छन्। त्यहाँ प्रशस्त रूपमा गोहीहरू र चराचुरङ्गीहरू देख्न पाईन्छ। तत्कालिना सिंहपाल राजाका रानीहरूले नुहाउने ताल भएकाले उक्त तालको नामाकरण रानी ताल राखिएको ईतिहास छ।

वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा। निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातीका पुतली, २०१३ को गणना अनुसार ८०–९० वटा निलगाई र ४ सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ। 

विश्वमै दुर्लभ मानिएको सारस, खर मजुर, सिम तित्रा, राजधनेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि छन। स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजातीहरू रहेका छन्। जसमा पाटेबाघ, एकसिंघे गैडा, हात्ती बाह्रसिंगा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेल आदि रहेका छन।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगोका लागि प्रसिद्ध मानिन्छ। निकुन्जमा २२ सय बढी बाह्रसिंगा छन। यहाँ घुम्न आउने पर्यटकले ठुलो संख्यामा बाह्रसिंगाको झुन्ड देख्न पाउछन। त्यसैगरी २५ वटा जंगली हात्ती, १६ वटा एकसिङ्गे गैंडा, ३६ वटा पाठेबाघ रहेका छन। 

निकुन्जको  विश्वकै सबैभन्दा ठुलो घासेमैदान पनि यसको विशेषता हो। जंगली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिंगा, जरायो, चित्तल, जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन। रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन्। 

रैथाने र बसाइँ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन। शुक्लाफाँटाका क्षेउ पिपरियामा हात्तीसार छ। त्यहाँ हात्ती चढ्न पाइन्छ। आगन्तुकको समय अनुसार हात्तीमा जंगल सफारीको समेत सुविधा छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले निकुञ्ज कार्यालयले पर्यटकहरूको सहजताका लागि बाटो मर्मत, घासे मैदान व्यवस्थीत लगायतका काम गरिरहेको बताए। ‘निकुञ्जभित्रका मचान मर्मत गर्ने, गाइडको व्यवस्था लगायतका काम गरि राखेका छौं’, उनले भने। पछिल्लो सयम शुक्लाफाँटा घुम्ने पर्यटकको संख्यामा वृद्धि भएको छ।’

उनका अनुसार चालू आर्थिक वर्षमा २हजार पाँच सय ६ जनाले निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्ज भ्रमण गर्ने समय फागनुदेखी असारसम्म हो। अरु बेला खासै पर्यटक हुदैनन। उनका अनुसार यो आर्थिक वर्षमा सार्क मुलुकका ११७ जना विदेशीले पनि शुक्लाफाँगा राष्ट्रि निकुञ्जको भ्रमण गरेका छन। त्यसैगरी २२  सय ८१ जना नेपाली र १०८ जना अन्य मुलुकका नागरिकले निकुञ्ज भ्रमण गरेका छन्।

यहाँका पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटा सुदूरपश्चिम प्रदेशकै प्रमुख गन्तव्य भएकाले राज्य स्तरबाट लगानी हुन नसकेको बताए। ‘शुक्लाफाँटामा बाह्रसिंगा,को ठूलो बथान छ। राज्यले एसीयाकै ठूलो झुन्डको ब्रान्डिङ गर्न सकेको छैन’, उनल भने। ‘निजी क्षेत्रले मात्रै गरेर केही हुन्न। पूर्वाधारको काम, प्रचार प्रसार र ब्रान्डिङको काम सरकारको हो।

सामान्यतया एउटा पाटे बाघको बासस्थानका लागि ६० बर्ग किलोमिटरको भूगोल हुनुपर्छ। तर शुक्लाफाँटामा ९ वर्गकिलोमिटरमा पाटे बाघ बस्छ। ३५५ वर्गकिलोमिटरको निकुञ्जमा ३६ पाटेबाघ गणना भएका छन। ‘यो भनेको निकुञ्जमा पाटेबाघ हेर्न सकिने बढी सम्भावना हो’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने। उनले शुक्लाफाँटा पर्यटकका लागि  उत्कृष्ठ गन्तव्य भएको बताए। ‘भारतका पर्यटक मात्रै पनि लोभ्याउन सक्यौं भने सुदूरपश्चिमकै आर्थिक क्रान्ती हुन्छ’, उनले भने।

कञ्चनपुरबाट भारतको राजधानी सहितका ठूलाठूला सहरहरू नजिक छन्। ‘यसको प्रचार प्रसार हुन सकेको छैन, सरकारले प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिने हो भने शुक्लाफाँटा प्रदेशको मुहार फेर्न सक्छ।’ उनले शुक्लाफाँटाको दक्षिणी क्षेत्रबाट समेत प्रवेशद्वार खुलाएर व्यवस्थित बाटो बनाउनुपर्ने बताए।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले पूर्वाधार र सुविधाका हिसाबले पनि शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न सके यहाँको आर्थिक विकास हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.