बझाङमा यार्सा टिप्न गएका थप एक पुरुषको कठ्याङ्ग्रिएर मृत्यु
बझाङ : यार्सागुम्बा संकलन गर्न बझाङको हिमाली क्षेत्रमा गएका थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मंगलबार यार्चागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेलामा चिसोले कठ्याङ्ग्रिएर बाटोमै मृत्यु भएको हो ।
बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए । चुफी वनबाट मंगलबार हिमपात भइरहँदा घर फर्किंदै गर्दा तितापानी भन्ने स्थानमा चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको स्थानीयले बताएका छन् ।
उनको मृत्यु भएको खबर प्राप्त भएको र यस विषयमा थप अनुसन्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यसअघि सोमबार मत्रै सुर्मा गाउँपालिकाकै वडा नं ५ सैन गाउँका ३३ वर्षीय कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको थियो । मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएकी छन् ।
यो पनि पढ्नुहोस