बझाङमा यार्सागुम्बा टिप्न गएका युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
![बझाङमा यार्सागुम्बा टिप्न गएका युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_d7IoIUQKKZ.jpg)
बझाङ :बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाँउका ३६ वर्षीय कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए ।
पानी परेकाले घटनाको थप विवरण नआएको र घटनास्थलतर्फ प्रहरी टोली गएको समेत अवस्थीले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)