कुरूप बन्दै कमलदह

कुरूप बन्दै कमलदह
सुन्नुहोस्

रुकुमपूर्व : रुकुमपूर्वको रुकुमकोटिस्थत कमलदह परिसरमा पर्यटकहरूको लापरबाहीका कारण दहको सुन्दरता र वातावरणमा प्रदूषण बढ्दै गएको छ। पर्यटकहरूले प्लास्टिकका बोतल, प्लास्टिकका प्लेटहरू, चाउचाउ बिस्कुटका खोलजस्ता फोहोर दहको वरिपरि फाल्ने गरेका छन्, जसले गर्दा दहको प्राकृतिक सौन्दर्यमा नकारात्मक प्रभाव परेको छ।

स्थानीय र सरोकारवालाहरूले पर्यटकलाई फोहोर नगर्नका लागि कारबाहीसँगै केही नियमहरू बनाउन आवश्यक देखिन्छ। साथै, दहको सरसफाइ र संरक्षणका लागि स्थानीय समुदायले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ। विभिन्न समयमा कमलदह सरसफाइ तथा संरक्षणका प्रयासहरू भए पनि पर्यटकहरूको चरम लापरबाहीका कारण यी प्रयासहरू पर्याप्त सावित हुन नसकेको स्थानीयको गुनासो छ। पछिल्लो समय दह हेर्नका लागि आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ। यस कमलदहमा कमल पाइन्छ।  यहाँको कमलको जरा विभिन्न देशमासमेत पुग्ने गरेको छ। कमलको जरा जन्डिस रोगको उपचारका लागि उत्तम मानिन्छ। यसको जराबाट अचार बनाएर समेत खाने गरिन्छ। 

अहिले कमलदह वरिपरिको वातावरण धेरै प्रदूषण भएको छ। एकातिर फोहोरले वातावरणमा असर गरिरहेको छ। भने अर्कोतिर कमलदह संरक्षण तथा आकर्षणका लागि गरिएको घेरबार, विभिन्न ठाउँमा राखिएका डस्बिनहरू, सजावटका रूपमा रहेका विभिन्न बिरुवाहरूलाई पर्यटकहरूले तोडफोड तथा लथालिंग अवस्थामा पार्ने गरेको देखिन्छ। यस्ता अनैतिक गतिविधिलाई रोक्न सम्बन्धित निकायले बेलैमा ध्यान पु¥याउन आवश्यक छ।

कमलदह रुकुमपूर्वको प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक हो, यहाँ हरेक वर्ष ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटकहरू भ्रमण गर्न आउँछन्। दहको संरक्षण र सरसफाइमा सबैको सहयोग आवश्यक छ। किनकि यसको प्राकृतिक सुन्दरता र पर्यावरणीय सन्तुलनलाई कायम राखे प्रकृतिले दिएको उपहारले जिल्लाको सौन्दर्यतासँगै आयस्रोतका हिसाबले पनि जिल्लावासीका लागि फाइदा हुने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.