पोखरा भ्रमण वर्ष २०२५ सुरु : २० लाख पर्यटक भित्र्याउने लक्ष्य

पोखरा भ्रमण वर्ष २०२५ सुरु : २० लाख पर्यटक भित्र्याउने लक्ष्य
सुन्नुहोस्

पोखरा : पोखरा भ्रमण वर्ष २०२५ शनिबारदेखि सुरु भएको छ। समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन सोच र लक्ष्यका साथ पोखरा महानगरपालिकाले शनिबार एक कार्यक्रम गरेर पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको हो। 

अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेको काखमा रहेको र ९ तालको सहर पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पोखरा भ्रमण वर्ष घोषणा गरिएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको ओैपचारिक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराजा पाण्डेले पोखरा भ्रमण वर्ष सफल बनाउन र पर्यटन प्रबद्र्धन गर्न महानगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने बताए। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा भ्रमण वर्षको लोगो अनावरण गरेका थिए। 

पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले वर्षभरि पर्यटन प्रवर्द्धनात्मक गतिविधि गरी पर्यटकीय राजधानी पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्ने बताइन्। पोखरामा २० लाख पर्यटक भित्र्याउने गरी प्रबद्र्धनात्मक कार्यक्रम गरिने पनि उनले बताइन्। पर्यटन वर्ष घोषणा कार्यक्रममा पोखराका ३३ वटै वडाबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.