जहाँ छ पुण्यधाम

पशुपतिनाथलाई १२ ज्योतिर्लिंगमध्ये प्रमुख मानिन्छ । नेपाल तथा भारतबाहेक दक्षिण एसियाका अन्य मूलुकबाट पनि यहाँ दर्शनार्थीको घुइँचो लाग्छ ।

जहाँ छ पुण्यधाम
फाइल तस्बिर।
सुन्नुहोस्

भारतको उडिसाबाट सपरिवार पशुपति आएका श्याम अग्रवाल पशुपति मन्दिर दर्शनपछि भन्दै थिए– ‘भगवान् मे धन्य हुवा।’ उनी भारतका सबै तीर्थाटन सकेर पशुपतिमा दर्शन गर्न आइपुगेका थिए। पशुपतिका बारेमा प्रतिक्रिया दिँदै भने, ‘बहुत अच्छे से दर्शन हुवा मन्दिर व्यवस्थापन मे पाशुपत क्षेत्र अब्बल देखा (अर्थात् राम्रोसँग भगवानको दर्शन भयो। व्यवस्थापन पनि राम्रो रहेछ।)

यो त भारतीय पर्यटकको अनुभव हो। तर, नेपालीहरूकै लागि पनि पशुपतिनाथ अहिले जानैपर्ने र पुग्नै पर्ने क्षेत्रका रूपमा चिनिएको छ। नेपालीहरू जन्मदिनदेखि लिएर नयाँ जीवनको सुरुवात, र सामान्य व्रतलगायतमा पनि पशुपति पुग्ने प्रचलन बढ्दो छ। 

बैतडीबाट वृद्घ आमाको दर्शन गर्न ल्याएका राजु बलाएर ५ बर्ष अघि पशुपति आउँदा र अहिले प्रशस्तै फरक पाए। उनी भन्छन्, ‘अहिले त भारतका ठूला–ठूला मन्दिर गएको जस्तो अनुभव भयो। एकदमै सुन्दर, सफा आनन्द लाग्ने भएछ। बागमती नदीबाहेक अन्य क्षेत्र सफा देख्दा गरे हुने रैछ भन्ने महसुस भयो।’

पशुपतिलाई अहिलेको अवस्थामा ल्याउन पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनका कारणनै सम्भव भएको हो। कोषले कोषका कार्यकारी निर्देशकमार्पmत विभिन्न ५ ओटा महाशाखाअन्तर्गत काम विभाजन गरेको छ। 

त्यसोत अहिलेका संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्रालयका मन्त्री सुदन किरातीले ‘सफा पशुपति स्वच्छ पशुपति’ भन्ने अभियान सुरु गरेका छन्। अहिले पशुपतिमा मन्त्रालय मातहतका ३० वटा संस्था पशुपति सफाइ अभियानमा जोडिएका छन्। ती संस्थाले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्मको समयमा पशुपतिमा जुटेर सफाइ अभियानमा लाग्छन्। स्वयंसेवी कलाकार यो अभियानमा जोडिएका छन्। 

त्यसो त पशुपति सफाइका लागि पशुपति क्षेत्र विकास कोषको पनि आफ्नै जनशक्ति छ। सँगसँगै बैंकहरूले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत जनशक्ति खटाएका छन्। ७० जनाको आसपासमा कोषले हरेक दिन पशुपति सफाइका लागि खटाउँदै आएको छ। त्यो समूहले पिंगलास्थानदेखि मित्रपार्क बाहिरी रोडदेखि बनकारी गुह्ेश्वरीसम्म सफाइ गर्छ। सिंगो पशुपति क्षेत्र दैनिक ३ पटक सफाइ गरिन्छ। 

पशुपति क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण करिब ९० प्रतिशत सम्पन्न भइसकेका छन्। मूल शिवालय मन्दिरभन्दा दक्षिणतर्पmका शिवालय र सत्तल पुनर्निर्माणका चरणमा छन्। 

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पहिलो र दोस्रो प्राथमिकतामा भएका देवालयहरू निर्माण भइसकेका छन्। तेस्रो प्राथमिकतामा परेका देवालय, पार्टी पौवाहरू निर्माण हुने चरणमा छन्। कोषले आफ्नोतर्पmबाट मात्र सफाइ गरेर नहुने हुँदा भक्तजन नै सचेत नभई अभैm पशुपति सफा नहुने बताउँछन्। उनी भन्छन्, ‘हेर्दाखेरि एकातिर सेवाको कुरा छ। अर्कोतिर हामी अभैm जिम्मेवार भइसकेका छैनौं। पशुपति मेरो हो भन्ने सबै भक्तजनमा पनि आभाष हुनु आवश्यक छ। मैले पनि त्यहाँ गएर फोहोर गर्नुहुँदैन भन्ने भावनाको अभाव देखिन्छ।’ 

पशुपतिमा गएको शिवरात्रीमा मात्र ८० लाखदेखि १ करोडसम्म खर्च भएको प्रवक्ता अधिकारी बताउँछन्। कोषले सबै चाडपर्वलाई उत्तिकै महत्वका साथ हेरेको छ, ‘तीज, बाला चतुर्दशी, साउनका शनिबार, बुद्ध जयन्ती, नयाँ वर्षहरू उत्तिकै महत्वपूर्ण हुन थालेका छन्। अहिले कोभिडपछि त हरेक सोमबार र शनिबारमा मन्दिरमा खुट्टा राख्ने ठाउँ छैन’, अधिकारी भन्छन्।   

पशुपतिमा क्षेत्र सीमित छ। क्षेत्र विस्तारितको आवश्यकता छ। मन्दिरमा जानेलाई पार्किङको समस्या यथावत् छ। जुत्ता चप्पल गेट अगाडि नै खोलेर आउनुपर्ने सिस्टम छ। ‘त्यो गर्दा म मन्दिर आइपुगेँ भन्ने आभाष दिन खोजेका छौं’, अधिकारी भन्छन्।  

अहिले पनि पशुपतिमा सोमबार शनिबार १५ देखि २० हजारको संख्यामा भक्तजन आउने गरेका छन्। कोभिडपछिको सबैभन्दा भक्तजनको फ्लो यो शिवरात्रीको २, ३ दिन अगाडि र २, ३ पछाडिसम्म उत्तिकै रहेको कोषको तथ्यांक छ। भारतीयहरूले पनि जति भारतका चारधाम भने पनि पशुपति नपुगी तीर्थाटन पूर्ण हुँदैन भन्ने आस्था छ। प्रवक्ता अधिकारीका अनुसार मित्रराष्ट्र भारतको राजस्थान राज्यले २ हजार ज्येष्ठ नागरिकहरूलाई नेपाल एयरलायन्समार्पmत दर्शन गर्न पठायो। त्यसरी पठाएकाहरूले दर्शन गरिसकेका छन्।

‘उहाँहरू यहाँ आइपुगेपछि मन्दिर अगाडि उभिएर फेरि–फेरि आउन सकिन्छ कि सकिँदैन यहाँ आएर धन्य भइयो हामी स्वर्ग जाने भयौं भन्दै धुरुधुरु रुनुहुन्छ। उहाँहरूको पशुपतिनाथको अगाडि उभिएर बोल्नेनै त्यही हो’, अधिकारीले भने।  

क्षेत्र विकास कोषले पशुपतिमा इलेक्ट्रिक पुजाको तयारी पनि गरेको छ। ‘टेक्निकल व्यवस्थापन ट्रान्सपरेन्सीका लागि हामी लागि परेका छौं। ई–पूजाको सिस्टम धेरै पटक सुरु गर्न खोज्यौं तर त्यो अलिक सहज देखिएन त्यसपछि हामीले सुरु गर्न सकेका छैनौं’, प्रवक्ता अधिकारी भने। 

पशुपति प्रविधिमैत्री हुने क्रममै छ। सीसी क्यामरा मन्दिरका सबैतिर राखिएको छ। ‘केही हदसम्म प्रविधिमैत्री बन्ने प्रयासमा छौं। अभैm पूर्णरूपमा बन्न बाँकी छ। पशुपति सिंगो मन्दिर परिसरमा आएको भान दिने खालका बत्तीहरू लगाउने तयारी छ। जसका लागि विद्युत् प्राधिकरणसँग सहकार्य भएको छ,’ प्रवक्ताले भने।  पशुपति क्षेत्रलाई थप व्यवस्थित पार्न स्थानिय सरकारबाट पनि पूर्ण सहयोग छ। पशुपति क्षेत्र विकासको अतिक्रमणका विषयमा पनि स्थानीय सरकारले कोषलाई सहयोग गर्दै आएको छ। काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष दिनेश डंगोल भन्छन्, ‘विश्वसम्पदा सुचीमा रहेको पशुपतिलाई सुन्दर सफा र व्यवस्थित बनाउने जिम्माको एउटा पाटो बन्न पाउँदा सुखानुभूति हुन्छ। हामीले सकेको सहकार्य पशुपति क्षेत्र विकास कोषसँग गरेका छौं।’

कोषले अहिले घाट क्षेत्र सुधारका लागि टेण्डर दिइसकेको छ। बागमती नदी सफाइका लागि पहल गरे पनि बागमती मूलबाटै ढल मिसिएर आउने गरेकाले समस्या देखिन्छ। घाटको कारण हुने फोहोरलाई पनि पशुपतिले व्यवस्थापन गर्दैछ। 

पशुपति क्षेत्र विकासको कोषको गुरुयोजना २०५५ मा स्वीकृत भएको थियो। जुन १० वर्षका लागि थियो। अर्को १० वर्ष नि नाघिसक्यो। पशुपति क्षेत्रको नयाँ गुरुयोजना बनिसकेको छ। उक्त गुरुयोजना नेपाल सरकार बाट स्वीकृत भएर आउन बाँकी छ। कोषका प्रवक्ता अधिकारी भन्छन्, ‘पुरानै गुरुयोजनाले बोकेका लक्ष्य योजना उद्देश्यलाई अहिलेको नयाँ गुरुयोजनाले समेटेको छ।’ 

नयाँ गुरुयोजनामा घाट क्षेत्र व्यवस्थापनलगायतका विषयमा इलेक्ट्रिक घाट क्षेत्र थप्ने प्रयासका कुरा यथावत् छन्। परम्परागत रूपमा भएका कुरा पूर्णरूपमा नहटाउने र तिनलाई सिम्बोलिक रूपमा अगाडि बढाउने पहल भएको पनि उनले बताए। नयाँ योजनामा सत्तल पार्टी पौवा पुनर्निर्माण अभैm गर्दै जाने र थप्दै जाने योजना पनि छ। पशुपतिमा थप पशुपति संग्रहालय स्थापना भएको छ। वनकाली उद्यान सर्बसाधारणका लागि वैशाख १ गतेदेखि खुला भएको छ। यही आर्थिक बर्ष भित्रमा संग्रहालय सुचारु गरिने तयारी रहेको कोषले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.