चाइनिज स्याउ तस्करी प्रकरण : सशस्त्रले सुरू गर्‍यो छानबिन

चाइनिज स्याउ तस्करी प्रकरण : सशस्त्रले  सुरू गर्‍यो छानबिन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा  : दक्षिणी झापाको कचनकवल गाउँपालिका– ४ स्थित पूर्वी लोदावारि नाकाबाट चाइनिज स्याउ भारत तस्करी भएको घटनाबारेमा सशस्त्र प्रहरी बल नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले छानबिन सुरू गरेको छ । 

सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले चाइनिज स्याउ तस्करी घटनाको बारेमा बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेका छन्।

एसपी हुमागाईँ नेतृत्वमा खटाइएका टोली मंगलबार नै झापामा आएर छानबिन सुरु गरेको डीआइजी पोखरेलले अन्नपूर्णलाई जानकारी गराए ।  एसपी हुमागाईँ टोलीले सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरावारिका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुकसँग स्याउ तस्करी घटनाको बारेमा सोधपुछ गरेका छन् । सीमा सुरक्षा गुल्म घेरावारिका डीएसपी शर्माको मातहत नै बिओपी केचना पर्छ । बिओपी केचना नजिकैको पूर्वी लोदावारि नाकाबाट ठूलो मात्रामा स्याउ तस्करी भएको थियो । 

सीमामा तैनाथ सशस्त्र प्रहरीले आइतबार बेलुका ७ बजेर ४५ मिनेटमा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजि स्याउ बरामद गरेको थियो । स्याउ लोड गरिएको गोदामको पनि पहिचान भएपछि राजश्व अनुसन्धान कार्यालय इटहरीको टोली पनि घटनास्थल पुगेको थियो।

राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोलीले पूर्वी लोदावारिस्थित जयनारायण साहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चाइनिज स्याउ बरामद गरेको  थियो। बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्वलाई बुझाइसकेको छ । यता राजश्वले पनि स्याउ घटनाको बारेमा छानबिन सुरु गरिसकेको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । ‘कृषिजन्य वस्तु कुहिने भएकाले स्याउ लिलामको प्रक्रियामा जान्छ,त्यो सँगसँगै आवश्यक छानबिनको पनि हुन्छ,’उनले भने । 

बिहार अररिया जिल्ला फारबिसगंजका फिरतोस मियाँसँग मिलेर कचनकवलका कारोबारीहरू तिलक,जब्बर,जयनारायणलगायतले सशस्त्र र नेपाल प्रहरीसँग सेटिङ मिलाएर स्याउको लाइन (तस्करी) चलाएको स्रोतको दाबी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.