नेपालबाट साउदी जाँदा जहाजबाटै हरायो सुन

नेपालबाट साउदी जाँदा जहाजबाटै हरायो सुन

साउदी : नेपालबाट साउदी अरेबियाको रियाद जाँदा रामेछापकी हर्ककुमारी नगरकोटीको लगेजबाटै सुनका गरगहना हराएका छन् । बुधबार काठमाडौं  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सको (एच०५७३०) सिधा उडानबाट साउदी आएकी नगरकोटीको दुईवटा लगेजमध्ये एउटा लगेजबाट  सुन चोरिएको उनले बताइन्।

ताला लगाएको लगेजबाट एक थान तिलहरी र एक थान ब्रासलेट चोरी भएको छ भने अन्य सामान यथावत रहेको अन्नपूर्णसँग उनले बताइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज जिम्मा लगाएपछि साउदी पुगेर हेर्दा लगेज खोलिएको थाहा पाएको उनले बताइन्।  पछि लगेज खोलेर हेर्दा  सुन चोरी भएको र  लगत्तै  त्रिभुवन विमानस्थलमा फोन गर्दा आफूहरूको जिम्मा नभएको र सम्बन्धित एयरलाइन्ससँग बुझ्न आग्रह गरेको बताइन् ।

साउदीको  एक हस्पिटलमा काम गर्ने नगरकोटी छुट्टी मनाएर साउदी जान लाग्दा साथीको अनुरोधमा सुन लिएर गएकी थिइन् । हराएको सुन खोजी गर्न सम्बन्धित निकायलाई सहयोग गरिदिन अनुरोध समेत गरेकी छन्।


  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.