भारतको सहयोगमा महाकुलुङमा मेडिटेशन सेन्टर निर्माण, राजदूत श्रीवास्तवले गरे शिलान्यास

भारतको सहयोगमा महाकुलुङमा मेडिटेशन सेन्टर निर्माण, राजदूत श्रीवास्तवले गरे शिलान्यास
सुन्नुहोस्

सोलुखुम्बु : नेपालका लागि भारतीय राजदूत नबीन श्रीवास्तवले बुद्धभूमि नेपालको धार्मिक विकासमा सहयोग गर्ने बताएका छन्। बुद्ध जयन्तीका दिन शुक्रबार सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ खिरौमा निर्माण हुन लागेको मेडिटेशन सेन्टरको शिलान्यास गर्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन्। 

भारतको लगानीमा जिल्लाको महाकुलुङमा ङोन्गा देक्छोन छोलिङ मेडिटेसन सेन्टर निर्माण सुरु भएको छ। करिब ४ करोडको लागतमा एक वर्षभित्र निर्माण सक्नेगरी ठेक्का लागेको मेडिटेशन सेन्टरका लागि अपुग रकम गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए।  

null

कार्यक्रममा गाउँपालिकाले वडा नम्बर १ मा एउटा, २ मा एउटा र ५ मा एउटा विद्यालय भवन निर्माण गरिदिन राजदूतसमक्ष आग्रह गरेको छ। 

त्यस्तै वडा नम्बर ३ मा स्वास्थ्य चौकी भवन, ४ मा अस्पताल भवन र २ मा प्रथामिक अस्पतालको कर्मचारी आवास गृह निर्माण गरिदिन आग्रह गरेको गाउँपालिका अध्यक्ष कुलुङले बताए। उक्त मागप्रति राजदूत श्रीवास्तवले आफूहरू सकरात्मक रहेको भन्दै थप सल्लाह गरे अघि बढ्ने बताएका छन्। 

राजदूत श्रीवास्तव हेलिकोप्टरमार्फत् शुक्रबार नै लुक्ला पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.