गोर्खा रारा गोल्डकप : तालतलैया एकेडेमीको विजयी सुरुवात

गोर्खा रारा गोल्डकप : तालतलैया एकेडेमीको विजयी सुरुवात
सुन्नुहोस्

धनकुटा : अग्नी–वसुन्धरा स्मृति १० औं गोर्खा रारा गोल्डकप फुटबल सुरु भएको छ। 

चौविसे गाउँपालिका-६ राजारानीस्थित पुण्य माविको खेल मैदानमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा मोरङको डाँगीहाट यूथ क्लबलाई पराजित गर्दै सुनसरीको तालतलैया एकेडेमीले विजयी सुरुवात गरेको छ। 

तालतलैयाले डाँगीहाट यूथलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्‍यो। तालतलैयाको जितमा विदेशी खेलाडी नेपोलियनले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए। 

मैदानको मध्यभागवाट उपलब्ध गराएको पासलाई सदप्रयोग गर्दै नेपोलियनले उत्कृष्ट गोल गरेका थिए। उनले विपक्षी दुई जना खेलाडीलाई डिवक्स एरियाबाट विट गरेका थिए। उनी खेलको म्यान अफ दी म्याच समेन बन्न सफल भए। 

चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुले नगद ५ हजार र ट्रफी प्रदान गरेको प्रतियोगिताका प्रचारप्रसार संयोजक सविन अधिकारीले बताए। 

राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर हरेक वर्ष रारा फुटबल क्लबको आयोजनामा रारा गोल्डकप सञ्चालन हुँदै आइरहेको छ।  

प्रतियोगितामा आयोजक रारा फुटबल क्लब सहित मोरङको डाँगीहाट यूथ क्लब र पथरी फुटबल क्लब,  सुनसरीको तालतलैया एकेडेमी, झापाको विर्तामोड युनाइडेट फुटबल क्लब, धनकुटाको डाँडाबजार फुटबल क्लब, सिराहाको शैलेश यूथ क्लब र उदयुरपुरको गाईघाट फुटबल गरी ८ टिमको सहभागिता रहने आयोजक रारा क्लबका अध्यक्ष मणि चेम्जोङले बताए। 

प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँ सहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक रारा क्लबका अध्यक्ष मणी चेम्जोङले बताए।  

हरेक खेलमा म्यान अफ दी म्याचको व्यवस्था गरिएको र पाँच हजार पुरस्कार प्रदान गरिने बताइएको छ। त्यस्तै विभिन्न विधाहरूमा उत्कृष्ट हुने खेलाडीहरूलाई जनही नगद १० हजार रुपैयाँ ट्रफी र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। 

शनिबारको खेल आयोजक रारा फुटबल क्लब र पाथिभरा फुटबल क्लब बीच हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.