स्याङ्जामा ४७६ पशुको उपचार

स्याङ्जामा ४७६ पशुको उपचार
सुन्नुहोस्

स्याङ्जा : नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्ट्क एसिसियसन (नेभ्ला)  स्याङ्जाले  हरिनास गाउँपालिका -६ स्थित दग्दीमा पशु स्वास्थ परीक्षण शिविर सञ्चालन गरेको छ।

शिविरमा ४ सय ७६ वटा  पशुको स्वास्थ्य उपचार  गरिएको छ। जसबाट २ सय ३२ जना किसान लाभान्वित भएका छन्। शिविरमा पशुका गोबर परीक्षण, दूध परीक्षण, पशु उपचार सेवा, बन्ध्याकरण, रेबिज विरुद्धको खोप लगायतका सेवा उपलब्ध गराइएको वडा अध्यक्ष दिलु रानाले जानकारी दिए। 

१५ जना पशु स्वास्थ्य प्राविधिकको टोलीले पशुपालनसहित आवश्यकीय प्राविधिक सेवा प्रदान गरेका छन्। 

गोबर परीक्षणमा धेरेजसोमा नाम्ले तथा गहते किराको संक्रमण देखिएको र यसको उपचारसहित रोग नियन्त्रणका बारेमा जानकारी गराइएको नेभ्ला अध्यक्ष डिल्लीराम अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.