दार्चुलामा विद्यालय भवनको शिलान्यास
काठमाडौं : दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास भएको छ।
आज काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले संयुक्त रूपमा शिलान्यास गरे।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। उनीहरूले नयाँ पूर्वाधारले दार्चुलाको शैल्यशिखर नगरपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ।
प्रतिक्रिया दिनुहोस !