घरेलु टिमलाई स्तब्ध पार्दै पथरी फुटबल क्लब सेमिफाइनलमा

घरेलु टिमलाई स्तब्ध पार्दै पथरी फुटबल क्लब सेमिफाइनलमा
सुन्नुहोस्

धनकुटा : घरेलु टोली रारा फुटबल क्लबलाई स्तब्ध पार्दै मोरङको पथरी फुटबल क्लब १० औं गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

शनिबार पुण्य माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजक टिम रारालाई ३-२ गोलअन्तरले पराजित गर्दै पथरी सेमिफाइनल प्रवेश गरेको हो। 

घरेलु दर्शकको भरपुर साथ पाएको राराले खेलमा दुई पटक लिएको अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिन पर्‍यो। 

खेलको ९ औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। २६ औं मिनेटमा पथरीका सौरव राउतले गोल गर्दै खेल बराबरीमा ल्याए। ३७ औं मिनेटमा पत्रुस राईले गोल गर्दै अग्रता दिलाए। 

तर पहिलो हाफको अन्त्यतिर राराका बुद्ध लिम्बुले आत्माघाती गोल गर्दै खेल बराबरीमा बनाए। ७२ औं मिनेटमा सौरवले पुनः गोल गर्दै पथरीलाई अग्रता दिलाए। त्यसपछिको खेलमा कुनै गोल हुन नसक्दा पथरी ३-२ गोलअन्तरले विजयी भयो। खेलको म्यान अफदी म्याच पथरीका सौरव राउत घोषित भए। उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे। 

आइतबार हुने तेस्रो क्वाटर फाइनल खेल झापाको विर्तामोड युनाइटेड क्लब र डाँडाबजार फुटबल क्लब बीच हुने प्रतियोगिताका प्रचारप्रसार संयोजक सविन अधिकारीले बताए।

राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर आयोजक भएको १० औं गोर्खा रारा गोल्डकपको विजेताले नगद तीन लाख रुपैयाँसहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक रारा क्लबका अध्यक्ष मणि चेम्जोङले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.