गोर्खा रारा गोल्डकप : डाँडाबजार फुटबल क्लबको शानदार जित

गोर्खा रारा गोल्डकप : डाँडाबजार फुटबल क्लबको शानदार जित
सुन्नुहोस्

आइतबार राजारानीस्थित पुण्य माविको खेल मैदानमा सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा विर्तामोडलाई शून्यकाविरुद्ध दुई गोल अन्तर पराजित गर्दै डाँडाबजार सेमिफाइनलमा प्रवेश गरेको हो।

धनकुटा : झापाको विर्तामोड युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै धनकुटाको डाँडाबजार फुटबल क्लब राजारानीमा जारी १० औं गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

आइतबार राजारानीस्थित पुण्य माविको खेल मैदानमा सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा विर्तामोडलाई शून्यकाविरुद्ध दुई गोल अन्तर पराजित गर्दै डाँडाबजार सेमिफाइनलमा प्रवेश गरेको हो। 

डाँडाबजारको जीतमा विवेक चौधरी र विदेशी खेलाडी ओसकरले एक/एक गोल गरे। दुवै गोल उनीहरुले पहिलो हाफमा गरेका थिए। 

खेल सुरु भएको ३ औं मिनेटमा ओसकरले गोल गर्दै डाँडाबजारलाई सुरुवाती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा विवेक चौधरीले गोल गर्दै डाँडाबजारको अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन। 

खेलको म्यान अफ द म्याच डाँडाबजारका गोल किपर प्रमिजय गच्छदार घोषित भए। उनले नगद ५ हजार रुपैयासँगै ट्रफी हात पारे। डाँडाबजारले फाइनल प्रवेशको लागि तालतलैया एकेडेमी सुनसरीसँग वैशाख २६ गते प्रतिस्पर्धा गर्नेछ। तालतलैया उद्घाटन खेलमा डाँगीहाट यूथ क्लबलाई पराजित गर्दै यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। 

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल सोमबार उदयपुरको गाइघाट फुटबल क्लब र सिराहाको सलहेज क्लवबीच हुनेछ।  
राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर आयोजक भएको १० औं गोर्खा रारा गोल्डकपको विजेताले नगद तीन लाख रुपैयाँसहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक रारा क्लबका अध्यक्ष मणी चेम्जोङले बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.