सर्वोच्चले रास्वपालाई सोध्यो- ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्नुको कारण
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद् ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमबार मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
इजलासले श्रेष्ठको मुद्धामा निलम्बन गर्नुको कारण मागेको हो ।
श्रेष्ठले आफूलाई सांसदमा पुन र्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका थिए।
श्रेष्ठले रास्वपालाई विपक्षी बनाइ रिट दायर गरेका थिए।
श्रेष्ठले एकजना व्यवसायीसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको साधारण सदस्य र सांसद पद नरहनेगरी निष्काशित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !