विनियोजन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत स्वीकृत

विनियोजन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत स्वीकृत
सुन्नुहोस्

काठमाडौं : ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । 

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा बिपक्षी सांसदहरुले सांसदहरुले विनियोजन विधेयकमा चालु खर्च र पुँजीगत खर्चमा सन्तुलन नभएको, दीर्घकालीन ऋणको बोझ हटाउनेतर्फ सरकारले बजेटले कुनै ध्यान नदिएको टिप्पणी गरेका थिए भने सत्तापक्ष सांसदहरुले आर्थिक रुपान्तरणका लागि सरकारले ल्याएको बजेट निकै प्रभावकारी भएको जनाएका थिए ।

सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिदै अर्थमन्त्री वाग्लेले मध्यमवर्गको विस्तारलाई बजेटले प्राथमिकतामा राखेको भए पनि गरिब र कमजोर वर्गलाई नछाडेको बताए । बजेटले सबै क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उनले सुनेको भरमा नभइ विनियोजन विधेयक बढेर टिप्पणी गर्न आग्रह गरे । सरकारले यस पटक ऋणमा नभइ राजस्वमा महत्वकांक्षी लक्ष्य राखेको उनले बताए । उनले अर्थतन्त्रलाई औपचारिकतातर्फ अघि बढाउनका लागि गरिएको पहलका कारण केहि आचोलना भए पनि त्यसपछि समग्रमा मुलुकको नै हित हुने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.