नेपालको विदेशबाट ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था छ : आरेन राई
काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले नेपालले विदेशबाट ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राईले देशकै राजश्वले देश चल्नका लागि जनताले के गर्नुपर्ने, सांसदले के गर्नुपर्ने अर्थमन्त्री स्वयमले बताउनु पर्ने बताएका छन् ।
उनले भावी रणनीति के छ अर्थमन्त्रीसँग भन्दै प्रश्न गरे, ‘कहिलेबाट हामी आफ्नै राजश्वले देश चलाउन सक्छौं ?’ यो कुरा अर्थमन्त्री एक्लैको मात्र विषय नभएको तर अहिले जिम्मेवारीका कारण यसमा गम्भिर हुनुपर्ने बताए । उनले यस विषयमा सम्पूर्ण देशबासी चिन्तित हुन जरुरी रहेको समेत बताएका छन्।
प्रतिक्रिया दिनुहोस !