गोर्खा रारा गोल्डकप : सहज जित निकाल्दै सलहेश फुटबल क्लब सेमिफाइनलमा

गोर्खा रारा गोल्डकप : सहज जित निकाल्दै सलहेश फुटबल क्लब सेमिफाइनलमा

धनकुटा : उदयपुरको गाईघाट फुटबल क्लबमाथि सहज जित निकाल्दै सिराहाको सलहेश फुटबल क्लब राजारानीमा जारी रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

राजारानीस्थित पुण्य माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा गाईघाटमाथि ४-० गोलअन्तरले जित निकाल्दै सलहेश सेमिफाइनलमा प्रवेश गरेको हो। 

आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेशको लागि सलहेशले मोरङको पथरी फुटबल क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ। सलहेशको जितमा समिर तामाङले दुई तथा सुजन पुलामी र विवेक तामाङले एक/एक गोल गर्न सफल भए। 

खेलको २१ औं मिनेटमा गोल गर्दै समिर तामाङले सलहेशलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर सलहेशको लागि सुजन पुलामीले गोल थप्दै अग्रता दोब्बर बनाए। एकतर्फी खेलमा ७७ मिनेटमा समिरले तामाङले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३-० बनाए। 

त्यस्तै खेलको अन्त्यतिर ८६ मिनेटमा विवेक तामाङले गोल गर्दै जित सुनिश्चित गरे। उदयपुर पहिलो खेलबाट नै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।  

खेलको म्यान अफ द म्याच दुई गोल गर्ने सलहेशका समिर तामाङ घोषित भए। उनले नगद ५ हजार रुपैयासँगै ट्रफी हात पारे। 

भोलिदेखि सेमिफाइनलको खेल सुरु हुनेछ। मंगलबार डाँडाबजारले फाइनल प्रवेशका लागि तालतलैया एकेडेमी सुनसरीसँग प्रतिस्पर्धा गर्ने प्रचारप्रसार समितिका संयोजक सविन अधिकारीले बताए। 

राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर आयोजक भएको १० औं गोर्खा रारा गोल्डकपको विजेताले नगद तीन लाख रुपैयाँ सहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक रारा क्लवका अध्यक्ष मणी चेम्जोङले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.