हत्या गरेको आरोपमा एक जना पक्राउ

हत्या गरेको आरोपमा एक जना पक्राउ
सुन्नुहोस्

गोरखा : चुमनुव्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या भएको १० दिनपछि एक पुरुष पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय ५९ वर्षीय छिरिङ ढुण्डुप लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

घ्याल्जेन गत वैशाख १७ गते बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका थिए। घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा भेटिएकाले स्थानीयवासी तथा प्रहरीले उनको हत्या भएको आशंका गरेका थिए। 

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटाको कमाण्डको टोली घटनास्थल पुगेर १० दिनसम्म अनुसन्धान गरेको थियो। अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको एसपी अनुपम श्रेष्ठले बताए। ‘घाँटीको अगाडि भागमा चक्कु प्रहार गरेर मारेको अनुसन्धानबाट खुल्यो,’ उनले भने, ‘रिसिवीका कारण हत्या गरेको हुनसक्ने आशंका छ।’ 

पक्राउ परेका ढुण्डुपबिरुद्ध सोमबार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.