एक साताभित्र सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमरकट्टेल

एक साताभित्र सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमरकट्टेल
सुन्नुहोस्

नुवाकोट : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले देशमा संघीयताविरुद्ध आवाज बढिरहेको बताएका छन्। संघीयताविरुद्ध विभिन्न पक्षबाट लगातार आवाज आइरहेकाले लोकतन्त्र संकटमा पारेको उनको भनाइ छ। 

नुवाकोटको विदुरमा बिहीबार उनले लोकतन्त्रलाई समस्यामा पार्नेगरी संघीयताविरोधी आवाज आउनुको पछाडि कसैको हात रहेको दाबी गरे। 

देशमा संघीयता नमान्ने पक्षहरूको भावनालाई समेत समेटेर देशमा स्थायी शान्ति, संविधानको पूर्ण कार्यान्वयन र गणतन्त्रको संरक्षण गरिनुपर्ने उनले बताए। उनले जनअपेक्षा अनुसार कार्य हुन नसकेको गुनासो बढिरहेका कारण यसलाई सबै मिलेर समाधान गरिनुपर्ने बताए। 

जनआन्दोलनको मर्मअनुसार देशमा बनेको नयां संविधानले निर्दिष्ट गरेको गणतन्त्र र संघीयताको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य भएको उनको दाबी छ। जनताको विकास र प्रगति संघीयतावाटै हुने भएका कारण यसको विरोध गर्न नहुने मुख्यमन्त्री जमरकट्टेलको भनाइ छ। 

उनले एक साताभित्रै बागमती प्रदेश सरकारले पूर्णता पाउने बताए। सरकार बनेको पाँच महिनासम्म पनि सरकार अपूर्ण हुनुमा केन्द्र सरकार परिवर्तन तथा अन्य कारणहरू रहेको उनले बताए। 

उनले  बजेट निर्माणको पूर्वसन्ध्यामा टुक्रे योजनामा प्रदेश तहबाट लगानी नगरिने पनि स्पष्ट पारे। ‘अब विकासको मोडेल नै परिवर्तन गर्नुपर्छ, प्रदेश सरकारले सानातिना टुक्रे योजना गर्दैन। साना योजना स्थानीय तहलाई जिम्मा दिने र प्रदेशमा ठूलो योजना मात्र सञ्चालने गर्ने छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.