त्रियुगामा २४ परिवारलाई निःशुल्क विद्युत

त्रियुगामा २४ परिवारलाई निःशुल्क विद्युत
उपमेयर कोषबाट निःशुल्क विद्युत जडान गरेपछि उद्घाटन गर्दै नगरपालिकाका उपमेयर महेश्वरी राई । तस्बिर : भरत खड्का
सुन्नुहोस्

उदयपुर : आर्थिक अवश्था कमजोर भएका उदयपुरको त्रियुगा नगरपालिका १४ भैसेट्याम्केका २४ परिवारलाई नगरपालिकाले निःशुल्क विद्युत जडान गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो गाउँ' अभियानअन्तर्गत उपमेयर महेश्वरी राईले उपमेयर कोषबाट उनीहरुलाई मिटरबक्सलगायतका विद्युतीय सामग्री सहयोग गरेकी हुन् ।

बस्तीमा वर्षौंदेखि विद्युत विस्तार भएपनि आर्थिक अवस्था  कमजोरकै कारण अध्याँरोमा रात बिताउने गरेको सुनेपछि तत्काल सम्बोधन गरिएको उपमेयर राईले बताइन् । उनले भनिन्,‘विनियोजित बजेट अन्तिमचरणमा पुगेको अवश्थामा जनताको समस्या देखेपछि तत्काल उपमेयर कोषबाट सम्बोधन गरेका हौं । 

‘सडकको पोल र छिमेकीको घरमा रातभर बत्ती बल्छ,बल्ल घर अन्धकार देखिन्छ,उनले भनिन्,‘जनताको आधारभूत समस्या समाधान गर्नु स्थानीय सरकारको दायित्व भएकाले ती गरिब परिवारलाई निःशुल्क विद्युत जडान गरेका हौं।'

विद्युत जडानपछि ‘स्वीच अन'गरेर उद्घाटन गर्दै उपमेयर राईले भनिन्,'तपाईंहरुको साथमा स्थानीय सरकार छ,यसको सदुपयोग गर्नुस् र बाँकी यहाँका खानेपानी, सिंचाइ,टेलिफोन, सडक र कुटनपिसन मिलको समस्याको समाधान विस्तारै हुन्छ ।'

‘आफूलाई गरिब परिवार र विकासले पछि परेको ठाउँमा बसेको भनेर कहिँले कमजोर नठान्नुस,'उनले भनिन्,‘तपाईसँग हामी छौं,यस्तै विकासले पछि परेको र गरिब दिनदुःखीहरूको हितमा काम गर्छौ|'पहिलो पटक घरमा बिजुली बाल्न पाएकोमा उनीहरूमा खुशीको सीमा नै छैन।

खुशी व्यक्त गर्दै रमा विक भन्छिन्,‘पहिलो पटक हाम्रो साथमा उपमेयर हुनुहुन्छ भन्ने महशुस गरेका छौं,यसले निरन्तरता पाओस् र सबैभन्दा विकासले पछि परेको हाम्रो ठाउँमा शिक्षा,स्वास्थ्य,सडक,खानेपानी र कुटनपिसनको समाधान होस् ,गाउँको विकास हुन्छ भनेर हामीले भोट दिएका हौं,स्थानीय झम्की मगरले भनिन्,‘वर्षौदेखि गरिबीको रेखामुनि र विकासले पछि परेका छौं यसको सम्बोधन गरिदिनुपर्छ ।'

उद्घाटन कार्यक्रममा पुगेका नेकपा एमालेका प्रदेश कमिटी सदस्य बैकुण्ठनाथ दहाल र जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले असार महिनासम्म खानेपानीको व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले विकासले पछि परेको भैसेट्याम्केलाई अब्वल बनाउन सकारात्मक पहल गरिने बताए ।     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.