सिलगुडीको कञ्चजंगा माथि प्लानिङ ब्वाइजको सानदार जीत

सिलगुडीको कञ्चजंगा माथि प्लानिङ ब्वाइजको सानदार जीत

धनकुटा : सिलगुडीको कञ्चनजंगा फुटबल क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै काठमाडौंको प्लानिङ ब्वाइज युनियन क्लब सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न क्वाटरफाइनल खेलमा कञ्चनजंगा फुटबल क्लबलाई ६–१ गोलअन्तरले पराजित गर्दै ब्वाइज युनियन सेमिफाइनल प्रवेश गरेको हो। 

ब्वाइज युनियनको जितमा समिर थापाले ८९ र ९४ औं मिनेटमा दुई गोल, बेव्रा साक्वाइसले २२ औं, फागुराम थारुले ३० औं, राजेश शाह ५७ औं, सञ्जिव लामाले ७५ औं एक/एक गोल गरेका थिए। 

कञ्चनजंगाको तर्फबाट सोनाम लेप्चाले ६६ औं मिनेटमा पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएका थिए। एकपक्षीय खेलमा कन्चनजंगा माथि ब्वाइजले दवावमा राखेको थियो। ब्वाइजका खेलाडीले प्रहार गरेको अधिकांश प्रहार कन्चनजंगाको गोलकिपरले विफल बनाइदिएका थिए। 

खेलको म्यान अफ द म्याच ब्वाइजका फागुराम थारु घोषित हुँदै नगद ४ हजारसहित ट्रफी प्राप्त गरे। उनलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र एफसीका सामाजिक उत्तरदायी कमिटीका सदस्य दावा लामाले संयुक्त रुपमा प्रदान गरेका थिए। 

सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता छ। प्रतियोगिता आगामी जेष्ठ २ गतेसम्म सञ्चालन हुनेछ। शनिबार विरगन्ज युनाटेड र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब बीच हुने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए।  

प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ। हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.