मधेसमा मिटरब्याज साहुविरुद्ध उजुरीको चाङ

मधेसमा मिटरब्याज साहुविरुद्ध उजुरीको चाङ

आयोगले वैशाख १६ देखि ३० गते साँझसम्म उजुरी दिन समय तोकेको छ। पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आयोगमा उजरी दिन सक्ने व्यवस्था गरेको छ।

काठमाडौं : अध्याधिक मिटरब्याज पीडितको संख्या रहेको मधेस प्रदेशबाट अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोग दुई सातमा ४ हजार २९५ वटा उजुरी परेको छ। आयोगले जारीको गरेको सूचना अनुसार वैशाख १६ देखि ३० गते साँझसम्ममा जिल्ला प्रशासन कार्यालयमार्फत् उक्त उजुरी आयोगमा परेको हो । 

आयोगले उजुरी दर्ता गराउन पीडितलाई थप सात दिनको समय सीमा दिएको छ। जेठ १ गतेदेखि ७ गतेसम्म उजुरी दर्ता उराउन आयोगले समय दिएको महोत्तरीका साहय सीडीओ उपेन्द्र न्यौपानेले बताए। उजुरीको चाप बढेकाले समयसीमा थपिएको छ।

धनुषामा सबैभन्दा बढी उजुरी

आयोगमा धनुषाबाट सबैभन्दा बढी उजुरी परेको छ। धनुषाका सीडीओ काशीराज दाहालका अनुसार १ हजार ३६ उजुरी गरेको छ। ‘जिल्लामा उजुरेको चाप बढेको छ। हामीले शुक्रबार साझसम्म १ हजार ३६ वटा उजुरी दर्ता गरिसकेका छौं’ , सीडफओ दाहालले अन्नपूर्णसँग भने, ‘सामान्य लेनदेनका उजुरी पनि आएको होला। हामीले लेनदेनसम्बन्धी सबै खालका निवेदन लिएका छौं। आयोगले पछि केलाउँछ।’  मिटरब्याजविरुद्ध कानुन नै बनिसकेको उजुरी केलाउनसाथ कानुनी प्रक्रियामा जाने उनले बताए।

सर्लाहीमा ७६४ वटा उजुरी दर्ता भएको सीडीओ इन्द्रदेव यादवले बताए। पर्सा सबैभन्दा कम १९८ वटा उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय पर्सा हिरालाल रेग्मीले बताए। महोत्तरीमा ५८५, सिरहामा ५३६, सप्तरीमा ३०५, रौतहटमा ३६१ र बारामा ५३० वटा उजुरी दर्ता भएको छ। 

null

चेक बाउन्स गराएर गरिबलाई दुःख
अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारी शुक्रबार बारा जिल्ला पुगेका छन्। त्यहाँ मिटरब्याज पीडितका समस्या समाधानका लागि राजनीतिक दलका प्रतिनिधि, पीडित, प्रहरी, प्रशासनसंग अन्तक्रिया गरेको बताएको छ   बाराका सीडीओ नवराज सापकोटाले  मिटरब्याज पीडितका विभिन्न प्रकृतिका उजुरी आएको बताए। 

‘धेरै जसो उजुरी साहुसंग ऋण लिँदा जग्गा रेजेष्टेसन पास गराएर साँवा र ब्याज तिर्दा पनि जग्गा नफर्काको देखिन्छ’, उनले भने, ‘ ऋण लिँदा साहुले गरिबसँग बैकको खाली चेक लिए। पछि बाउन्स गराएर समस्यामा परिदिएको पनि उजुरी आएको छ।’ छोरीको विवाहका साहुसँग २४ हजार लिएकोमा झुक्याएर पीडितसँग २ लाख ४० हजारको कपाली तमसुक गराएको पनि गुणासाहरु अन्तक्रियामा आएको उनले बताए।

पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समस्या भइरहेको मिटरब्यज तथा ठगीविरुद्ध किसान-मजदुर  संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताए। उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने पीडितका भीड छ। तर, त्यहाँ प्रशासनको तर्फबाट राम्रोसँग सहजीकरण भएको छैन।’ आयोगमा मिटरब्याज साहुविरुद्ध उजुरी दर्ता गराउनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सहायता कक्षा स्थापना गरिएको छ।

‘पीडितलाई सूचना बल्ल थाहा भयो’
उजुरी दर्ताका लागि आयोले दिएको पहिलो चरणको समयसीमा भित्र कसरी निवेदन दर्ता गराउने बारे ग्रामिण भेगका पीडितहरु जानकारी भएको अध्यक्ष कुशवाहाले बताए। उनले भने, ‘आयोगले जेठ १ गतेदेखि ७ गतेसम्म उजुरी दर्ताका लागि थपेको समयसीमाले पीडितलाई सहज भएको छ,’ उनले भने।

साहुबाट ऋणीहरु अझै अत्याचारमै

साहुबाट ऋणीहरु अझै अत्याचारमै साहुबिरुद्ध कडा कानुन बनाएर सरकार कारवाहीमा उत्रिएको बेला महोत्तरीमा साहुले ऋणीमाथि धारिलो हतियार प्रहार गरेको छ।  नयाँ तमसुक नवनाएको भन्दै रामगोपालपुर नगरपालिका-२ टेंगरकी शिवो देवी महरालाई साहु शिला देवी यादवले उनलाई निर्घात कुटपीट पनि गरेका छन्।

लिएको ऋण फिर्ता गर्नु पर्ने भन्दै साहु यादवले महरामाथि उपर धरिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाईते महराको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।  साहु शिला देवी यादवकी श्रीमान् रवीन्द्र यादवले पनि उनलाई गालीवेईज्जती  गरेका थिए। एकलव्य आधारभुत विद्यालय रामगोपालपुर-२ टेंगरका प्रधानाध्यापक समेत रहेको रविन्द्रले बिहीबार विद्यालयमै पीडित महरालाई अशब्द बोलेर सार्वजनिक स्थालमा दुव्र्यवहार गरेका थिए । घटना बारे बुझ्ने काम भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले बताए। 

null

महराले घरायसी कार्यको शिलशिलामा शिलादेवीसँग १ लाख लिएकी थिइन्। साहुलाई उनले सवाँ व्याज गरि १ लाख ६० हजार रुपैयाँ तिर्दा कपाली कागज च्यातिदिएका थिए। केही दिन पनि अझ २५ हजार रुपैयाँ थप माग गरेपछि विवाद भएको हो। यादवले महरालाई २५ हजारको नयाँ तमसुक बनाउन भनेपछि विवाद उत्पन्न भएको थियो।

त्यसैगरी रौतहटमा उजुरी दर्ता गराउन गएकाहरुमाथि साहुले हातपात गरेको छ। बुधबार मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिति, रौतहट जिल्ला सचिव बोध कुमारी गिरीमाथी साहु नम्रता लामा र चिन्ता कोइराला श्रेष्ठले सार्वजनिकस्थलमै गाली–गलौज गर्दै हातपात गरेका थिए। जिल्ला प्रहरी कार्यालयले नम्रता लामालाई नियन्त्रणमा लिएको छ भने चिन्ता कोइराला श्रेष्ठ फरार छिन्। 

मिटरब्याजी साहुहरुको विगविगी रहेको मधेशका जिल्लामा उनीहरु लड्न पीडितहरुलाई चुनौती छ। ‘यस्तो विषम परिस्थितिका बाबजुद पनि दुरदराजका पीडितहरु जिल्ला प्रशासन कार्यालय, गौरमा निरन्तर उजुरी दिइरहेका छन्,' संघर्ष समिति रौतहटका सचिव गिरी भनिन्।

(महोत्तरीबाट धनवीर महतोको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.